आजको मौसम : तराईमा हुस्सु, पहाडी क्षेत्रमा बदली र हिमालमा हिमपात | Khabarhub Khabarhub

आजको मौसम : तराईमा हुस्सु, पहाडी क्षेत्रमा बदली र हिमालमा हिमपात


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बिहान तराई क्षेत्रमा हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा बदली छ।

दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

राति पहाडी भूभागमा आंशिक बदली हुने र प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन महाशाखाले गरेको छ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। प्रदेश १ को हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ६ : ३२ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको