अनिवार्य क्वारेन्टाइनको व्यवस्था अन्त्य गर्दै चीन « Khabarhub

अनिवार्य क्वारेन्टाइनको व्यवस्था अन्त्य गर्दै चीन


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले आगन्तुकका लागि गरेको अनिवार्य क्वारेन्टाइनको व्यवस्था आउँदो हप्तादेखि अन्त्य गर्ने घोषणा गरेको छ।

शून्य कोभिड नीति कार्यान्वयन गरेको चीनले नयाँ वर्षको पहिलो हप्तादेखि आगन्तुकले क्वारेन्टाइन बस्नु नपर्ने जनाएको हो।

कोभिडका बिरामी बढिरहेको र अस्पतालमा बिरामीको चाप बढिरहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी चिनफिङले मानिसको ज्यान जोगाउन सहज नीति लिन अनुरोध गरेका छन्।

चीनले कोरोनाको तथ्याङ्क सार्वजनिक गर्न छाडिसकेको छ। तर दैनिक हजारौं नागरिकले कोभिडका कारण ज्यान गुमाइरहेका बीबीसीले जनाएको छ।

सन् २०२० को मार्च महिनादेखि चीन पुग्ने हरेक नागरिकलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरिएको थियो। तर सुरुमा ५ दिनको व्यवस्था गरिएकोमा पछि घटाएर ३ दिनमा झारिएको थियो।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ६ : ५० बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन