तस्बिरः बीबीसी

अन्तर्राष्ट्रिय

अनिवार्य क्वारेन्टाइनको व्यवस्था अन्त्य गर्दै चीन

By खबरहब

December 27, 2022

काठमाडौं – चीनले आगन्तुकका लागि गरेको अनिवार्य क्वारेन्टाइनको व्यवस्था आउँदो हप्तादेखि अन्त्य गर्ने घोषणा गरेको छ।

शून्य कोभिड नीति कार्यान्वयन गरेको चीनले नयाँ वर्षको पहिलो हप्तादेखि आगन्तुकले क्वारेन्टाइन बस्नु नपर्ने जनाएको हो।

कोभिडका बिरामी बढिरहेको र अस्पतालमा बिरामीको चाप बढिरहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी चिनफिङले मानिसको ज्यान जोगाउन सहज नीति लिन अनुरोध गरेका छन्।

चीनले कोरोनाको तथ्याङ्क सार्वजनिक गर्न छाडिसकेको छ। तर दैनिक हजारौं नागरिकले कोभिडका कारण ज्यान गुमाइरहेका बीबीसीले जनाएको छ।

सन् २०२० को मार्च महिनादेखि चीन पुग्ने हरेक नागरिकलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरिएको थियो। तर सुरुमा ५ दिनको व्यवस्था गरिएकोमा पछि घटाएर ३ दिनमा झारिएको थियो।