‘सातै प्रदेशमा पर्यटन व्यवसायी महिला संघ गठन गर्छु’ | Khabarhub Khabarhub

टेवानकी नवनिर्वाचित अध्यक्ष कमला गिरी भन्छिन्ः

‘सातै प्रदेशमा पर्यटन व्यवसायी महिला संघ गठन गर्छु’

तेस्रो अधिवेशनबाट गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पोखरा : पोखरामा सक्रिय पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)की नवनिर्वाचित अध्यक्ष कमला गिरीले सातै प्रदेशमा समिति गठन गर्ने बताएकी छन् । आइतबार टेवानको नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि खबरहबसँगको कुराकानीमा अध्यक्ष गिरीले अब टेवानको समिति गण्डकी प्रदेशका सबै जिल्लाका साथै सात वटै प्रदेशमा समेत गठन गर्ने तयारीमा रहेको बताएकी हुन् ।

‘हामी पोखरामा पर्यटनमा जति काम गरेका छौँ, त्यो अरु प्रदेश र बाहिर पनि गर्न चाहन्छौँ’ उनले नवनिर्वाचित अध्यक्ष बनेपछि भनिन्, ‘यसका लागि आफ्नो संगठन चाहिन्छ । त्यसैले सातै प्रदेशमा समिति गठन गर्ने तयारी गर्छौँ ।’

पोखरामा सोमबार भएको पाचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले आगामी दुई वर्षका लागि पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)मा कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहेका छन् । यस्तै सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा रहेका छन् ।

ईश्वरी पौडेललाई भने कानुन तथा प्रचारप्रसारको संयोजकको जिम्मेवारीसमेत प्रदान गरिएको अध्यक्ष गिरीले बताइन् । गण्डकी प्रदेशको राजधानी पोखराका पर्यटन व्यवसायमा जोडिएका महिलाहरु सम्मिलित संघ पछिल्लो समय विभिन्न कामले चर्चा कमाउँदै आएको छ ।

साथै पोखराबाट सुरु भएको यो संस्थाले सातै प्रदेश र अरु जिल्लामा पनि आफ्नो शाखा तथा समिति विस्तार गर्ने योजना बनाएको पनि नवनिर्वाचित अध्यक्ष गिरीले बताइन् ।

‘हामी पोखराका महिलाहरु मिलेर बनाएको पर्यटन व्यवसायी महिला संघ अब सातै प्रदेश र अरु जिल्लामा पनि गठन गर्ने योजनामा छौँ’ उनले आइतबार खबरहबसँगको कुराकानीमा भनिन्, ‘हाम्रो काम र पर्यटन व्यवसायमा जोडिएका महिलाहरुको सीप, क्षमताको कदर गर्दै सातै प्रदेशमा समिति गठन गर्ने योजना बनाएका छौँ ।’

त्यसबाहेक संघमा महिला व्यवसायीलाई जोड्ने, विभिन्न काममार्फत महिलाहरुको सीम क्षमता बढाउने तथा पर्यटन प्रवर्द्धनका लागि अरु संघ संस्था र सरकारसँग मिलेर आफूले काम गर्दै आएको पनि अध्यक्ष गिरीले बताइन् । गिरी पर्यटन व्यवसायीहरुको पहिलो राष्ट्रिय संगठन नाट्टा गण्डकी प्रदेशकी उपाध्यक्षसमेत हुन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : ३५ बजे

प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिँदा को-को अनुपस्थित थिए ?

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत लिँदा

फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं– अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर

महामन्त्री शर्माको टिप्पणी- संसद्‌मा आज सभामुख देखिनँ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज संसद्‌मा सभामुख नदेखेको

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौं– राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बसेको

७० वर्षअघि संसदमा महाकवि देवकोटाको प्रश्न– हामी कहिले मान्छे बनौँला ? 

राणाकालमै पूर्वी नेपालका धेरै दुर्गम ठाउँमा रात्रि स्कुल थिए ।