कोभिड संक्रमण बढेपछि चीनले फाइजर खोप लगाउने | Khabarhub Khabarhub

कोभिड संक्रमण बढेपछि चीनले फाइजर खोप लगाउने


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा कोभिड संक्रमणका घटनाहरु बढ्न थालेपछि बेइजिङले चाँडै नै आगामी दिनहरूमा सामुदायिक स्वास्थ्य केन्द्रहरूमा फाइजरको कोभिड-१९ औषधि प्याक्सलोभिड वितरण गर्ने भएको छ।

देशका विभिन्न सहरले संक्रमणको अभूतपूर्व लहरको सामना गरिरहेका बेला सरकारले उक्त निर्णय गरेको हो। संक्रमणका घटना बढेपछि औषधि फार्मेसी र औषधि पसलमा औषधिको अभाव हुन थालेको छ।

चाइना न्युज सर्भिसका अनुसार तालिम पाएपछि सामुदायिक चिकित्सकहरूले कोभिड–१९ का बिरामीलाई औषधि वितरण गर्ने र प्रयोग गर्ने तरिकाबारे जानकारी दिनेछन्।

यसै महिनाको सुरुमा कोभिड प्रतिबन्ध हटाएपछि चीनमा संक्रमणका घटनामा तीब्र वृद्धि भएका छन्। एउटै सहरमा दैनिक लाखौँलाई संक्रमण हुन थालेको छ।

यसैबीच, सरकारले विदेशीका लागि क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएको छ। जनवरी ८ देखि यो नियम लागू हुने भएको छ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : ३१ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य