चिसो बढेसँगै बेँशी झारिए भेँडीगोठ | Khabarhub Khabarhub

चिसो बढेसँगै बेँशी झारिए भेँडीगोठ


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा चरनका लागि लेकमा लगिएका भेँडीगोठ चिसो बढेसँगै बेँसी झारिएका छन्।

अहिले जिल्लाका उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र हिँउले ढाक्न थालेका छन् भने चिसो बढेसँगै गोठालाले आ–आफ्ना भेडाका बथान बेँसी झार्न थालेका हुन्।

घलेगाउँको भेँडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको गंगा घलेले बताए। ४५०० मिटरभन्दा माथि उचाईको जडिबुटी (कुड्की, बन लसुन, पाँच औंले, निर्मसी, सतुवा र यार्सगुम्बा) खाएका भेडाबाख्रा घलेगाउँको डाँडामा आइपुगेको उनले बताए।

घलेगाउँको तीनवटा भेँडीगोठ रहेका छन्। अहिले दुईवटा मात्रा झरेका छन् भने अर्को पनि झर्दैछ।

हिमालको काखमै रहेको ठूले लेक, थुर्जु र दूध पोखरीमा पुगेर गाउँ फर्किएको र अब गर्मीयाम शुरु भएपछि सोही स्थानतर्फ लाग्ने उनको भनाइ छ।

घलेगाउँ, भुजुङ, सिउरुङ, पसगाउँ, सिङ्दी, दूधपोखरी, घनपोखरा, इलमपोखरी, पाचोक, ताघ्रिङ, बन्सार, फलेनी, ढोडेनी र भुलभुलेलगायतका स्थानीयका भेँडीगोठ रहेका छन्।

उनीहरुले अहिले गाउँबस्ती नजिकै भेडीगोठ ल्याउन थालेका छन्। विशेष गरी गुरुङ समुदायको पुर्खौली पेशाका रुपमा भेँडीगोठलाई लिइन्छ।

पसगाउँको भेँडीगोठ यतिबेला केही क्युबे–ल्हेदे आइपुगेको र केही गाउँसम्म आएको स्थानीयवासीको भनाइ छ।

भुजुङको भेडीगोठ खोला फाल्न्हेसम्म पुग्ने गरेकोमा अहिले क्युबारमा रहेको भेडीगोठालाले जानकारी दिएका छन्।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : ३५ बजे

तोरीको दानामा प्वाल खोज्ने होड

एकपटक अमेरिकी विमान निर्माण कम्पनी बोइङले विज्ञानका प्राध्यापकलाई निःशुल्क हवाई

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त

भक्तपुर– अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर  सडकको ६

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ– गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ

म्याग्दीमा नौमती बाजा बजाउन तालिम

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प

सोलुखुम्बु– मौसम प्रतिकूलताका कारण सोलुखुम्बुस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई