नेपाली फिल्म : कथावस्तु कमजोर, गीत-सङ्गीत सशक्त « Khabarhub

नेपाली फिल्म : कथावस्तु कमजोर, गीत-सङ्गीत सशक्त


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्मको सफलताको कारण गीत–सङ्गीत बन्ने गरेको छ। गीत-सङ्गीत लोकप्रिय भएका फिल्मलाई घरेलु बक्स अफिसमै दर्शकको राम्रो साथ प्राप्त हुने गरेको पाइन्छ। प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायतका फिल्मको सिरिज नै बनिरहेका छन्।

कथावस्तु कमजोर भए पनि यी फिल्म हेर्न हलमा दर्शक राम्रै प्रस्तुत भए। प्रचार–प्रसारको सशक्त माध्यम मानिएता पनि केही समययता भने गीत–सङ्गीतमा उलेख्य लगानी भएको पाइँदैन।

पहिलेको तुलनामा गीत–सङ्गीतलाई भिडियोमा ल्याउँदा भव्यतामा कमी आएको स्वीकार गर्छन् सङ्गीतकार अर्जुन पोखरेल। “केही गीत–सङ्गीतको राम्रो भिडियो बन्ने गरेको छ। यद्यपि यो सङ्ख्या कम छ”, सङ्गीतकार पोखरेल भन्छन्, “फिल्ममा आउने गीत–सङ्गीतमा जति भव्यता भयो त्यति नै प्रचार–प्रसार हुन्छ। एकलरूपमा एल्बममा आउने गीतले धेरै दर्शक पाउँदैनन्।”

उनको सङ्गीत रहेको फिल्म स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीतहरू नै थिए।

केही दिन अगाडि सार्वजनिक भएको ‘डिसेम्बर फल्स’ फिल्ममा समावेश फकाउनै जानिन बोलको गीतको भिडियोमा दुई सयको हाराहारीमा डान्सर प्रयोग गरिएको छ।

चार दिन छायाङ्कन गरिएको गीत अडियोअनुसार बनेको नृत्य निर्देशक रामजी लामिछानेले बताउँछन्। “काममा स्वतन्त्रता धेरै समयपश्चात पाइयो। बजेटकै कारण निर्माता गीतलाई राम्रो बनाउन कन्जुस्याइँ पनि गर्नुहुन्छ”, उनले भने। उनी निर्माताको बजेटअनुसार काम गरेको उनको अनुभव छ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : ३५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर