सत्ता र स्वार्थ मात्रै देख्ने प्रचण्डको नयाँ परीक्षा | Khabarhub Khabarhub

सत्ता र स्वार्थ मात्रै देख्ने प्रचण्डको नयाँ परीक्षा


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काङ्ग्रेससँगको गठबन्धन क्षणभरमै तोडेर एमालेसँग कुम जोड्दै नयाँ प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अर्को परीक्षा सुरु भएको छ । नेपाली राजनीतिमा सबैभन्दा अस्थिर पात्रका रुपमा परिचित प्रचण्डले आफ्नो सत्ता स्वार्थ पूरा गर्न काङ्ग्रेससँगको गठबन्धन तोड्दै एमालेसँगको नयाँ गठजोडमा प्रधानमन्त्री भएका हुन् ।

यसले प्रचण्डको छवि मात्रै धुलिसात भएको छैन, आगामी दिनमा माओवादीको साइज अझै घट्ने निश्चित भएको छ । यसपटक जसरी कांग्रेस नेता कार्यकर्ताले माओवादी उम्मेदवारलाई भोट दिएनन्, त्यसैगरी अब अर्कोपटक अरु पार्टीका नेता कार्यकर्ताले पनि माओवादीप्रतिको विश्वासलाई सहजै स्वीकार गर्ने अवस्था निकै कम देखिएको छ ।

नयाँ प्रधानमन्त्री भएका प्रचण्डले खास नयाँ कुरा केही पनि घोषणा गर्न सकेका छैनन् । केवल नयाँ प्रधानमन्त्री बन्नुबाहेक उनले अरु गर्न सक्ने देखिदैन । त्यसमाथि एमाले, राप्रपा र स्वतन्त्र पार्टीको गठजोडमा जसरी प्रचण्ड प्रधानमन्त्री बनेका छन्, त्यसले धेरै हदसम्म देशलाई स्थिरता दिन सक्छ भन्नेमा शंका छ ।

त्यसमाथि हिजोको दिनमा रवि लामिछानेकै कारण चितवनबाट लखेटिएर गोरखा पुगेर चुनाव लडेका प्रचण्डले नयाँ पुस्तालाई कसरी आशा गर्ने ठाउँ राख्छन्, त्यो अर्को सोचनीय विषय छ । तर यसपटक जसरी प्रचण्ड प्रधानमन्त्री बनेका छन्, त्यो केवल सत्ताको स्वार्थ र व्यक्तिगत चाहना मात्रै पूरा गरेको स्पष्ट छ ।

उनले परिवर्तित नेपालको वर्तमान अवस्थामा कुनै नयाँ थोक ल्याउने सम्भावना छैन । त्यति मात्रै होइन, बदलिदो नेपालमा जनताका इच्छा, चाहना र आवश्यकता पूरा गर्न सक्ने कुनै दूरभिजन प्रचण्डले राखेका छैनन् । यसर्थ पनि उनको प्रधानमन्त्री पद केवल व्यक्तिगत मात्रै देखिन्छ ।

यसले सारमा जनतालाई कुनै पनि किसीमको नयाँ आशा सञ्चार गराउन सक्दैन । त्यसकारण उनले अब कसरी एउटा विज्ञ टिम गठन गरेर त्यसअनुसार ब्युरोक्रेसीलाई सञ्चालन गर्छन् भन्ने मुख्य चाँसो छ ।

खासगरी नेपालको स्थायी सरकार भनिने ब्युरोक्रेसीले गर्दा अनेकौँ समस्या आएका बेला नयाँ प्रधानमन्त्री बनेका प्रचण्डले त्यसअनुसार आफूलाई अभ्यस्त राख्छन् वा राख्दैनन्, त्यसले पनि नयाँ चासो राख्ने जनताको चाहना पूरा गर्छ वा गर्दैन् भन्ने अर्थ राख्नेछ ।

त्यसमाथि प्रचण्ड सरकार गठनमा जसरी बाह्य शक्तिको हस्तक्षेप देखिएको छ, यसले पनि भावी दिनहरूमा नयाँ नयाँ सम्भावना औँल्याउने सम्भावना बढाएको छ । कांग्रेस पहिलो पार्टी हुँदाहुँदै प्रतिपक्षमा खुम्चिनुपर्दा त्यसले भोलिका दिनहरूमा ल्याउन सक्ने असरलाई पनि कम आक्न मिल्दैन ।

यसकारण पनि आगामी दिनहरू प्रचण्डका लागि जति चुनौतिपूर्ण छन्, त्यत्ति नै माओवादी पार्टीलाई झन् क्षति हुने जोखिम छ । कम्युनिष्ट सिद्धान्त बोकेर केवल डुलुवा पार्टी बनेको माओवादी पछिल्लो समय केवल सत्ताको स्वार्थमा झुण्डिएको माओवादी झुण्डका रुपमा प्रचण्डले परिचित गराउँदै आएका छन् ।

यसले भोलिका दिनहरूमा प्रचण्ड मात्रै होइन, आउँदो चुनावमा माओवादीलाई भोट हाल्न सकिन्छ कि सकिदैन भन्ने एउटा प्रश्न आम मतदातासमक्ष ब्युँतिएको छ । चुनाव जिताउँदा केवल सत्ता र स्वार्थ मात्रै भनिने माओवादी आफ्नो एजेन्डाहरूलाई कसरी सम्बोधन गर्छ भन्ने अलिकति आश पनि अब जनतामा देखिएको छैन ।

माओवादी नेता कार्यकर्तालाई समेत जिल्ल पार्दै सत्ता गठबन्धनको गठजोड गर्ने प्रचण्ड प्रवृत्ति तत्काल सरकारको नेतृत्वमा रहेपनि यसले नेपालको राजनीतिमा दीर्घकालीनमा रुपमा ठूलो असर गर्ने सम्भावना छ ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ११ : ५८ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही