ठगी आरोपित डिएसपीलाई एसपीको निवासमा सत्कार ! « Khabarhub

ठगी आरोपित डिएसपीलाई एसपीको निवासमा सत्कार !


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घुस बार्गेनिङमा पक्राउ गरेपनि जिल्ला प्रहरी कार्यालयले उनलाई हिरासतमा नराखी सत्कार गरेर राखेको छ।

डिएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाइ पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानका लागि सिआईबीको टोली खटिएको थियो।

बरामद भएको सुन मुद्दा प्रक्रियामा नलगी घुस बार्गेनिङ गरेर पक्राउ परेका केसीलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी रविन्द्र रेग्मीले पाहुना कक्षमा सुत्ने र खाने व्यवस्था मिलाइएका छन्र।

डिएसपी केसी मुद्दाका अभियुक्त हुन्। उनलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने हो। तर, रेग्मीले आफ्नै निवासमा पाहुनालाई सत्कार गरेर राखेको प्रति जिल्ला प्रहरी कार्यालयका प्रहरी आश्चर्यमा छन्।

‘यस्तै खालको मुद्दामा तल्लो तहका प्रहरी परेको भए अरु अभियुक्तसगैं साँघुरो र चिसो हिरासत कक्षमा राखिन्थ्यो तर डिएसपीलाई निवासमा राखेर सत्कार गरिएको छ’, जिल्ला प्रहरी कार्यालयमा रहेका एक प्रहरीले भने।

केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार साँझ बुटवलस्थित निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी कमल थापाले सिआइवीको टोलीले जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको बताए। अब उनी जिल्ला प्रहरीको हिरासतमा रहने र थप अनुसन्धानको काम जिल्ला प्रहरी कार्यालयले अघि बढाउने थापाले बताए।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रेग्मीले डिएसपी केसी हिरासतमा नभई नियन्त्रण र निगरानीमा रहेको जिकिर गरे। डिएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रया अघि नबढाइ पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानको लागि सिआईबीको टोलीले खटिएको थियो।

उनको निवासबाट ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक र ३५ तोला सुन बरामद भएको छ। ‘नगद पाए सुन फिर्ता गर्ने सहमति भएको रहेछ, उनले सुन फिर्ता गर्न नपाउँदै नियन्त्रणमा परे’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

उनी केही दिन अघि यहाँबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका थिए। उनी सोमबार रमाना लिएर जादै थिए। रमाना लिनु अघि नै उनी अनुसन्धान टोलीको नियन्त्रणमा परेका हुन्।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : ४१ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण