साढे २१ अर्ब ऋणमा बनेको पोखरा विमानस्थलको लगानी कहिले उठ्छ ? « Khabarhub

साढे २१ अर्ब ऋणमा बनेको पोखरा विमानस्थलको लगानी कहिले उठ्छ ?


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि करिव २२ अर्ब लगानी लागेको छ। २०७३ बैशाख १ मा शिलान्यास भएको विमानस्थल करिव ७ वर्षपछि निर्माण पूरा भएको छ।

विमानस्थल बनाउन चीनको एक्जिम बैंकबाट ऋण लिइएको हो। राष्ट्रिय गौरवको आयोजना निर्माण सकिएपछि यही जनवरी १ देखि अन्तर्राष्ट्रिय उडान भर्ने तयारी छ।

तत्कालीन समयमा २१ अर्ब ४७ करोड लागत लाग्ने बताइएको थियो। इपिसी मोडलमा बनेको विमानस्थलमा काम ढिलो सकिए पनि लागत बढ्ने थिएन।

एक्जिमले ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान दिएको हो। २ प्रतिशत ब्याजदरमा लिइएको बैंकको ऋण सरकारले तिर्न थालिसकेको छ।

करिब ४ हजार रोपनी क्षेत्रफलमा विमानस्थल निर्माण गरिएको छ। यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको छ। तर, यहाँको भुगोलका कारणले ठूला जेट विमान उडान र अवतरण नहुने बताइएको छ। एयरबस मात्रै पोखरामा ल्याण्ड हुन सक्ने प्राविधिक बताउँछन्।

पोखराको रनवे २ हजार ५ सय मिटर लामो छ। विमानस्थल तयार भएसँगै पोखरेलीको चासो यसको लगानी कसरी उठ्छ भन्नेतर्फ मोडिएको छ। नागरिक उड्ययन प्राधिकरणका जिम्मेवार अधिकारीहरुसँग लगानी उठाउने विषयमा छलफल भएको थियो। पुर्व अर्थसचिव रामेश्वर खनालले अहिलेको भन्दा पर्यटक बढाउन सके ९ वर्षमै लगानी उठ्ने बताएका छन्।

हवाई विभागका पुर्व महानिर्देशक समेत रहेका खनालले अर्थतन्त्रको हिसावले यो महत्वपूर्ण रहेको बताए। ‘पोखरा आन्तरिक पर्यटकको हव हो। अन्य सहरसँग जोड्न सके नेपाली पर्यटकबाट मात्रै पनि यो इकोनोमेकल्ली भायवल हुन्छ,’ उनले भने, ‘परिकल्पना गरे अनुसार पर्यटक बृद्धी गर्न सके वर्षमा १ खर्वको आम्दानी गर्छ। यो हिसावले यहाँको लगानी ओभर इन्भेष्टमेण्ट भएको होइन।’

२०१९ को तथ्यांक अनुसार ७ लाख प्यासेन्जर फ्लाइट भएको थियो। २०१६ मा साढे ३ लाख मात्रै जहाजमा आउजाउ गर्थे। लगानी उठाउन पर्यटकको संख्या अझै अधिक बढाउनुपर्ने विज्ञहरुको सुझाव छ। विमानस्थल बनाउन २०३२ सालमा जग्गा अधिग्रहण गरिएको थियो। ४० वर्ष जग्गा अधिग्रहणपछि पनि खेती गरिएको छ। पोखराका नागरिक अगुवा र व्यवसायीहरुले निरन्तर अनसन बसेपछि मात्रै विमानस्थल निर्माण चरणमा प्रवेश गरेको हो।

महानिर्देशक प्रदीप अधिकारी पोखराको लगानी खासै महँगो नभएको बताउँछन्। ‘सुरुमा महँगो भयो, विमानस्थल बनाउन हुँदैन भन्ने छलफल भएको थियो। कष्ट एनालाइसिस गरेर हेर्दा गौतम बुद्धमा भन्दा पोखराको सस्तो परेको हो,’ उनले भने, ‘१४ वटा विल्डिङ निर्माण र रनवेमा सिमेण्ट कंक्रिट प्रयोग गरिएको छ। संरचना नेपालमा पनि यो लेवलको पुर्वाधार तयार भएको छ। यसमा गर्व गर्नुपर्ने धेरै ठाउँ छन्।’ तर चुनौति भने पोखरामा अत्यधिक रहेको उनले सुनाए। ‘बाटोको समस्या छ। फोहोर त लगभग समाधान भएको छ।

पर्यटनको राजधानी पोखरामा ४ बजेपछि फ्लाइट बन्द हुन्छ। त्यसैले राती पनि चल्ने यो विमानस्थल अति आवश्यक छ,’ उनले भने, ‘यो विमानस्थलले पोखराको मात्रै होइन, देशको अर्थतन्त्रमा पनि सहयोग पुग्छ।’ निर्माण सकिएसँगै विमानस्थलमा पहिलो फ्लाइटको लागि धेरै विदेशी हवाई कम्पनीले पनि चासो दिएका छन्।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १० : ०० बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई