फाप्लु विमानस्थलमा करोडौँ खर्चेर बनाइएको प्रवेशद्वार उपयोगविहीन | Khabarhub Khabarhub

फाप्लु विमानस्थलमा करोडौँ खर्चेर बनाइएको प्रवेशद्वार उपयोगविहीन


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु विमानस्थलमा करोडौँ रकम खर्चेर बनाइएको मुख्य प्रवेशद्वार उपयोगविहीन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आठ करोड ७८ लाख लागत निर्माण गरिएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौँदेखि प्रयोगमा आउन सकेको छैन । उक्त प्रवेशद्वार विसं २०७७ मा निर्माण गरिएको हो ।

प्रवेशमार्ग प्रयोगमा आउन नसक्दा यात्रु समस्या मोलेर साँघुरो मार्ग प्रयोग गर्न बाध्य छन् । विमानस्थल भित्रिने र बाहिरिने गरी बनाइएको फरक-फरक मार्ग सञ्चालन नहुँदा टावरका कर्मचारी तथा सुरक्षाकर्मी कार्यालय प्रवेश गर्ने साँघुरो मार्ग प्रयोग गर्न यात्रु बाध्य बनेका हुन् ।

वैकल्पिकमार्ग अत्यन्त साँघुरो हुँदा अत्यावश्यक बिरामी धावनमार्गसम्म लैजानुपर्ने भएमा स्टेचर प्रवेश गराउनसमेत कठिन रहेको जनाइएको छ । साथै विमानस्थलमा ठूला सामग्रीहरू प्रवेश गराउनुपर्ने वा निकाल्नुपर्ने भएमा समेत कठिन हुने गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले उक्त गेटको प्रवेशद्वार भन्दाभित्र भागको वालको करिब पाँच मिटर भागमा ग्याभिङ जाली नभएकाले सञ्चालन नगरिएको बताए। धावनमार्ग माथिल्लो भागको स्टेपमा समेत प्राविधिक समस्या रहेकाले मर्मतपश्चात् मात्रै सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । यसका लागि आफूले प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्राचार गरिसकेको उनले बताए । 

प्राधिकरणका आयोजना प्रमुख इञ्जीनियर रत्नबहादुर श्रेष्ठले भने उक्त गेट सञ्चालन गर्नमा समस्या नरहेको दाबी गरे । नयाँ गेट वर्षौँदेखि उपयोगविहीन हुँदा यात्रुलाई समस्या हुनुका साथै सुरक्षामा समेत चुनौती आउन सक्ने जनाउँदै उहाँले सञ्चालनका लागि पहल गर्ने प्रतिक्रिया दिए। 

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १० : १७ बजे

नेप्से परिसूचकमा सामान्य गिरावट

काठमाडौं- यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज

इजरायली हमलामा परी गाजामा २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु

काठमाडौं- इजरायलले जारी राखेको आक्रमणमा परी पछिल्लो २४ घण्टामा ७

राष्ट्रियसभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते

युरोकपको खेल तालिका सार्वजनिक, इटली र स्पेन एकै समूहमा

काठमाडौं – जर्मनीमा हुने युरोकप २०२४ को समूह विभाजनसहित खेल

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको बदली

काठमाडौं- मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको बदली गरिएको