रघुगङ्गामा एक करोड ८५ लाख बजेट विनियोजन  « Khabarhub

रघुगङ्गामा एक करोड ८५ लाख बजेट विनियोजन 


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले विभिन्न ५१ योजनामा एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४औँ गाउँसभामार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिए ।

गाउँसभाले बृहत् घोप्टेखोला र बृहत् चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा बेहोर्नुपर्ने कुल लागतको एक प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णयसमेत गरेको छ । संघीय सरकारमार्फत योजना सञ्चालनको तयारी गरिएको रघुगङ्गा गाउँपालिको वडा नं २ भगवती, ३ पिप्ले र ७ चिमखोलालाई समेटने बृहत् चिमखोला-पिप्ले भगवती खानेपानी आयोजना र वडा नं ५ झिँ र ६ पाखापानीलाई समेट्ने बृहत् घोप्टेखोला खानेपानी योजना सम्झौताका लागि उपभोक्ताले जुटाउनुपर्ने स्रोतका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी वडा नं ५ झिँको वडा कार्यालय भवनका लागि थप २५ लाख बजेट विनियोजन भएको छ । सभाले प्रदेश र संघीय सरकार विशेष र समपूरक योजनासमेत माग गर्ने निर्णय गरेको छ । प्रदेश समपूरकअन्तर्गत पाखापानी-कोटगाउँ-रायखोर-घ्यासीखर्क सडकलाई रु ५० लाख, संघीय समपूरक कोषअन्तर्गत  झिँ वडा कार्यालयलाई थप ३० लाख, संघीय समपूरकअन्तर्गत मुक्तिधाम मावि प्राविधिक धारको भवन निर्माण गर्न रु एक करोड ५० लाख बजेट माग गर्ने निर्णयसमेत गरेको छ ।

त्यसैगरी स‌ंघीय  विशेष अनुदानअन्तर्गत वडा नं १ बेगको भुँइपाइले फुटबल खेलमैदान, वडा नं २ को बैँसेरी-साझापानी लिफ्ट सिँचाइ योजना, वडा नं ४ को शिव आधारभूत विद्यालय पुनःनिर्माण, वडा नं ५ को उच्च उचै खेलमैदान र वडा नं ३ को रघुगङ्गा माविको खेलमैदान निर्माणका लागि बजेट माग गरिएको छ भने प्रदेश विशेष अनुदानमा वडा नं ५ को गौरव आधारभूत विद्यालयको पूर्वाधार निर्माणको योजना माग गर्नुका साथै विभिन्न खोलामा वारपारका लागि झोलुङ्गे पुलसमेत माग गर्ने निर्णय गरिएको छ । 

सभाले जग्गा वर्गीकरणका लागि स्थानीय जग्गा वर्गीकरण कार्यान्वयन समिति गठन गरी समितिमार्फत नै आवश्यक कार्य अघि बढाउने निर्णय गरेको छ । गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक वर्षमा निर्वाचनलगायतका कारण योजना कार्यान्वयनमा ढिलाइ भएको बताउँदै योजनालाई निर्धारित समयमै सम्पन्न गराउनका लागि सम्बन्धित वडा र उपभोक्ताले तत्परता देखाउनुपर्नेमा जोड दिए ।

उहाँले सीमित स्रोत र साधनका बीच गाउँपालिकाले अत्यावश्यक आवश्यकतालाई प्राथमिकतामा राखेर योजना छनोट र बजेट विनियोजन गरेको बताउँदै पालिकाको स्रोत र साधनले नभ्याउने योजनाका लागि प्रदेश र संघीय सरकारमा पहल गरिने बताए।  कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले निर्वाचनपछि पालिकामार्फत सञ्चालन हुने योजना कार्यान्वयनको गति बढेको बताउँदै पालिकामार्फत सम्पादित प्रगतिबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ११ : ०१ बजे

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि