रूपन्देहीका व्यवसायीद्वारा राष्ट्र बैंकमा धर्ना « Khabarhub

रूपन्देहीका व्यवसायीद्वारा राष्ट्र बैंकमा धर्ना


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भैरहवा– बैंकको ब्याजदर बढी भएको भन्दै रूपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उद्योग व्यवसाय धराशायी हुनेगरि बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै व्यवसायीहरूले संस्थागत रूपमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमा धर्ना दिएका हुन् । 

रूपन्देहीमा क्रियाशील व्यावसायिक संघसंस्थाहरूले नेपाल राष्ट्र बैँक अगाडि बैंक तथा वित्तीय संस्थाको ज्यादतीबिरुद्ध धर्ना दिँदै ब्याजदर एकल विन्दुमा कायम गर, सावा र ब्याजदर भुक्तानी अवधि बढाउ, पर्यटन व्यवसायलाई विस्थापित होइन स्थापित गर, चालू पुँजीकर्जा निर्देशिका २०७९ खारेज, लिलाम बिक्री खारेज गर, उद्योग व्यवसाय गर्ने वातावरण कायम गरलगायतका नारा लगाउँदै विरोध जनाएका थिए । 

सिद्धार्थनगर उद्योग वाणिज्यसंघबाट सुरु भएको विरोध र्‍याली विद्रोही चोक, नारायण स्थान, आवारोड, बैंक रोडमा प्रदर्शन गर्दै राष्ट्र बैंक अगाडि धर्ना बसेका थिए । धर्नामा यस क्षेत्रका दर्जन बढी संघसंस्थाको ऐक्यबद्धता रहेको छ । 

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १ : ३३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस