रूपन्देहीका व्यवसायीद्वारा राष्ट्र बैंकमा धर्ना | Khabarhub Khabarhub

रूपन्देहीका व्यवसायीद्वारा राष्ट्र बैंकमा धर्ना


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भैरहवा– बैंकको ब्याजदर बढी भएको भन्दै रूपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उद्योग व्यवसाय धराशायी हुनेगरि बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै व्यवसायीहरूले संस्थागत रूपमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमा धर्ना दिएका हुन् । 

रूपन्देहीमा क्रियाशील व्यावसायिक संघसंस्थाहरूले नेपाल राष्ट्र बैँक अगाडि बैंक तथा वित्तीय संस्थाको ज्यादतीबिरुद्ध धर्ना दिँदै ब्याजदर एकल विन्दुमा कायम गर, सावा र ब्याजदर भुक्तानी अवधि बढाउ, पर्यटन व्यवसायलाई विस्थापित होइन स्थापित गर, चालू पुँजीकर्जा निर्देशिका २०७९ खारेज, लिलाम बिक्री खारेज गर, उद्योग व्यवसाय गर्ने वातावरण कायम गरलगायतका नारा लगाउँदै विरोध जनाएका थिए । 

सिद्धार्थनगर उद्योग वाणिज्यसंघबाट सुरु भएको विरोध र्‍याली विद्रोही चोक, नारायण स्थान, आवारोड, बैंक रोडमा प्रदर्शन गर्दै राष्ट्र बैंक अगाडि धर्ना बसेका थिए । धर्नामा यस क्षेत्रका दर्जन बढी संघसंस्थाको ऐक्यबद्धता रहेको छ । 

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १ : ३३ बजे

प्रधानमन्त्री दाहाल र अमेरिकी सुरक्षापरिषदकी निर्देशकबीच भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनकी

बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु

बाँके– बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र

चिसोले जमेको म्याग्दीको पञ्चकुण्ड तालमा रमाउँदै पर्यटक

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’

एस्टन भिल्लासँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग साविक विजेता म्यानचेस्टर

पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने

पोखरा– कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ५ देखि