ट्राफिक नियम उल्लङ्घनको जरिवानामा वृद्धि « Khabarhub

ट्राफिक नियम उल्लङ्घनको जरिवानामा वृद्धि


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घनको जरिवानामा वृद्धि भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको हो। यसअघि यी शीर्षकमा ५०० देखि १५०० रूपैयाँ जरिवाना लाग्दै आएको थियो। तर अहिले अधिकतम १५०० रुपैयाँ मात्रै गराइएको हो। यसअघि यी शीर्षकमा ५०० मात्रै जरिवाना गराइँदै आएको उनले बताए।

‘५०० देखि १५०० रुपैयाँ सम्म जरिवाना हुने कसूर अन्तर्गतमा रहेका १६ वटा शीर्षकमा अधिकतम जरिवाना १५०० रुपैयाँ गर्ने निर्णय भएको हो,’ उनले  भने, ‘पुस ३ गतेदेखि यो लागू गरेका छौं।’

२०७५ सालमा ट्राफिक प्रहरीले अधिकतम जरिवाना गर्न सक्नेगरी अधिकार प्रत्यायोजन गरिएको र त्यहीँ अधिकारको प्रयोग गरी जरिवाना रकम बढाइएको उनले बताए। यसरी जरिवाना बढाउँदा ट्राफिक नियमको पालना गरिने र दुर्घटनासमेत न्यूनिकरण हुने उनको भनाइ छ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  २ : ३४ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने