ट्राफिक नियम उल्लङ्घनको जरिवानामा वृद्धि « Khabarhub

ट्राफिक नियम उल्लङ्घनको जरिवानामा वृद्धि


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घनको जरिवानामा वृद्धि भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको हो। यसअघि यी शीर्षकमा ५०० देखि १५०० रूपैयाँ जरिवाना लाग्दै आएको थियो। तर अहिले अधिकतम १५०० रुपैयाँ मात्रै गराइएको हो। यसअघि यी शीर्षकमा ५०० मात्रै जरिवाना गराइँदै आएको उनले बताए।

‘५०० देखि १५०० रुपैयाँ सम्म जरिवाना हुने कसूर अन्तर्गतमा रहेका १६ वटा शीर्षकमा अधिकतम जरिवाना १५०० रुपैयाँ गर्ने निर्णय भएको हो,’ उनले  भने, ‘पुस ३ गतेदेखि यो लागू गरेका छौं।’

२०७५ सालमा ट्राफिक प्रहरीले अधिकतम जरिवाना गर्न सक्नेगरी अधिकार प्रत्यायोजन गरिएको र त्यहीँ अधिकारको प्रयोग गरी जरिवाना रकम बढाइएको उनले बताए। यसरी जरिवाना बढाउँदा ट्राफिक नियमको पालना गरिने र दुर्घटनासमेत न्यूनिकरण हुने उनको भनाइ छ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  २ : ३४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२