सेयर बजारमा ५९.८७ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ५९.८७ अंकको वृद्धि


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार बिहानैदेखि उक्लिएको नेप्से परिसूचकमा ५९.८७ अंकले वृद्धि भइ १९८३.८७ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार ३.११ प्रतिशतले सेयर बजार बढेको हो । सोमबार भने नेप्से परिसुचक ५७ अंकले वृद्धि भएको थियो ।

साथै, २६१ कम्पनीको कारोबारमा एक करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाखभन्दा बढीको सेयर कारोबार  भएको छ । यस्तै, लक्ष्मी बैंकको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता नेपाल दूरसञ्चार कम्पनीको १४ करोड भन्दा बढीको कारोबार भएको छ ।

यता, सिद्धार्थ बिमा, बहुउद्देश्यीय वित्तिय संस्था, अजोड बिमा र  सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ साथै  धौलागिरि लघुवित्तको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । 

मंगलबार सबै उपसूचकहरू उकालो लागेका छ । सबैभन्दा धेरै इन्भेष्टमेन्टका ६.४३ प्रतिशत, होटल तथा पर्यटन, फाइनान्स, हाइड्रो पावरको ४ प्रतिशत बढीले वृद्धि भएको छ । 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ५८ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी