करेन्ट लगाएर काकीको हत्या गरेको आरोपमा भतिजा पक्राउ | Khabarhub Khabarhub

करेन्ट लगाएर काकीको हत्या गरेको आरोपमा भतिजा पक्राउ


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनुषामा ३० वर्षीया महिलाको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन् ।

सोमबार साँझ जिल्लाको विदेह नगरपालिका ७ बेलापट्टि बस्ने ३० वर्षीया कवितादेवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको र उनका १४ महिनाको छोरा घाइते भएको प्रहरीले जानकारी पाएको थियो ।

प्रहरीले यस घटनामा अनुसन्धान गर्दै जाँदा महिलाको आफ्नै भतिजाले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा गएको टोलीले घटनाको अनुसन्धान गर्दा हत्यामा महिलाका जेठाजुका छोरा २० वर्षीय दिलिप कुमार साहको संलग्नता देखिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

मृतकको शव अनुहारमा गम्भीर चोट लागेको र रक्ताम्य तथा अर्धनग्न अवस्थामा फेला परेको थियो । कुकुरसहितको टोलीले अनुसन्धान गर्दै जाँदा दिलिपलाई शंकास्पद अवस्थामा फेला परेको र उनको हातको बुढी औंला तथा घाटीको भागमा चिथोरिएको दाग देखिएको प्रहरीले जनाएको छ ।

दिलिपको शरीर खानतलासी गर्दा उनले लगाएको अन्डरवेयरभित्र कवितादेवीले प्रयोग गर्ने मोवाइल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको तथा अन्डर वेयरको पछाडि भागमा रगतजस्तो पदार्थ लागेको अवस्थामा फेला परेको छ । यस सम्बन्धमा थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ६ : ५९ बजे

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा – पाख्रिबास नगरपालिका–५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाईन मार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं – अनलाईन मार्फत ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ

समृद्धिका लागि एमालेको एकल सरकार चाहिन्छ : ओली

सिन्धुपाल्चोक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको छ : देव गुरुङ

काठमाडौं – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले मुलुक अहिले