अलैँचीको रेसाबाट मनग्य आम्दानी « Khabarhub

अलैँचीको रेसाबाट मनग्य आम्दानी


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वी पहाडी जिल्लामा पाइने अलैँचीको रेसालाई समेत आम्दानीको स्रोत बनाउन थालिएको छ । पहाडी जिल्लाको प्रमुख नगदे बालीका रुपमा रहेको अलैँचीको रेसाबाट विभिन्न प्रकारका सामग्री बनाउन थालिएको छ भने यसले बजारसमेत पाउन थालेको छ ।

गोडमेल गर्दा र टिप्दा निस्कने अलैँचीको सरालाई मसिनो बनाएर उद्यमीले लाखौँको कमाइ गर्न थालेका छन् । यसरी खोलिएका उद्योगमा स्थानीय महिलाले रोजगारीसमेत पाउन थालेका छन् ।

सदरमुकाम फुङलिङमा विगत सात वर्षदेखि चन्दन फाइबर उद्योग खोलेर सञ्चालन गर्दै आएकी माया गुरुङले अलैँचीको रेसाजन्य सामानबाटै वार्षिक लाखौँको कमाइ गर्दै आएको जानकारी दिइन् । गुरुङका अनुसार अलैँचीको रेसाबाट हाते झोला, पर्स, हट म्याट, डोर म्याट, रुम म्याट, टी म्याट, झ्याल ढोकामा प्रयोग हुने पर्दालगायत सामान बन्ने गरेको छ । रेसाबाट बनेको सामान हेर्दा आकर्षक देखिने भएकाले यसको माग बढ्दोरुपमा रहेको गुरुङले बताइन् । विशेषगरी काठमाडौँ, पोखरालगायत ठूला सहरमा उनले उत्पादन गरेका सामान पुग्छन् । ती ठाउँबाट विदेशमा समेत निर्यात हुने गरेको उनले बताइन् ।

जङ्गलमा त्यसै खेर गइरहेको अलैँचीको रेसा सङ्कलन गरेर उद्योग चलाएकी गुरुङले स्थानीय १५ जना महिलालाई रोजगारीसमेत दिएकी छिन् । रोजगारी पाउनेमा प्रायः ग्रामीण क्षेत्रबाट बजार क्षेत्रमा बालबच्चा पढाउन बसेका महिला छन् । कामका आधारमा पारिश्रमिक दिएर उनीहरुलाई रोजगार प्रदान गरिएको हो । अलैँची बगानबाट सरा सङ्कलन गरेर ल्याउनेलाई समेत पारिश्रमिक दिएकाले आफ्नो उद्योगबाट धेरैलाई फाइदा पुगेको उनको भनाइ छ ।

यता सदरमुकाममै पाथीभरा कोसेलीघर सञ्चालन गर्दै आएकी विष्णु श्रेष्ठले समेत अलैँचीको रेसाबाट विभिन्न सामान बनाउँदै आएकी छिन् । सुरु सुरुमा बजार नपाउँदा समस्या भए पनि अहिले माग बढ्दै गएकाले उत्पादन पनि बढाउन थालेको श्रेष्ठले बताइन् । उद्यमीले अलैँचीको रेसाजन्य सामान बनाउन थालेपछि घरेलु तथा साना उद्योगको कार्यालयले समेत उनीहरूलाई आवश्यक सहयोग गर्न थालेको छ । पछिल्लो समय अलैँचीको सरालाई प्रयोग गरेर घरेलु प्रयोगमा आउनेलगायतका सामान उत्पादन हुन थालेकाले आवश्यक सहयोग गरिएको कार्यालय प्रमुख युवराज घोर्साईले बताए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : १४ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर