काभ्रेको महाभारतमा केन्द्रीय विद्युत प्रसारण लाइन « Khabarhub

काभ्रेको महाभारतमा केन्द्रीय विद्युत प्रसारण लाइन


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काभ्रेपलाञ्चोकको विकट क्षेत्र मानिने महाभारत गाउँपालिकामा केन्द्रीय विद्युत प्रसारण लाइन परीक्षण सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण ग्रिड सोलार एण्ड इनर्जी इफिसियन्सी आयोजनाबाट महाभारत गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मका गोकुले, घर्तीछाप, फोक्सिनटार बनखु तथा बुढाखानी क्षेत्रमा विद्युत प्रसारणको पूर्वतयारी पूरा भएसँगै परीक्षण थालिएको हो ।

पालिकामा बिजुलीको प्रसारण सुरु भएसँगै केन्द्रीय प्रसारण लाइन सबै वडामा पुगिसकेको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । हालसम्म १, २ र ८ बाहेका सबै वडामा केन्द्रीय प्रसारणको लाइनसँगै शाखा प्रसारण लाइनसमेत जडान भइसकेको उनले बताए । बाँकी वडामा प्रसारणको पूर्वतयारी धमाधम भइरहेको बताउँदै जिम्बाले एक वर्षभित्र पालिकाका सबै वडामा बिजुली पुग्ने उल्लेख गरे ।

विद्युत प्रसारण आयोजना विद्युत प्राधिकरण र विश्व बैंकको सहयोग र सहकार्यमा निर्माण भई जनतालाई विद्युत प्रवाह गर्न लागेकोसमेत पालिका अध्यक्ष जिम्बाले बताए । महाभारत केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै पालिकाका नागरिकको आजका दिनसम्म पनि परम्परागत उज्यालोका स्रोत टुकी दियालो र सीमित मात्रामा सोलारको माध्यमबाट उज्यालो लिनुपर्ने बाध्यताबाट माथि उठेको जिम्बाको भनाइ छ ।

महाभारत गाउँपालिकामा विद्युतको केन्द्रीय प्रसारण लाइन पुगेसँगै पालिकाका सबै तीन हजार तीन सय घरधुरी विद्युतको पहुँचमा रहने पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिंह विष्टले बताए । भौगोलिक विकटता र असहजताका कारण निरन्तर अभाव झलिरहेकाको यस पालिमा स्थानीय सरकार निर्वाचित भएसँगै बिजुली, खानेपानीलगायत जनआकाङ्क्षाबमोजिमका विकास निर्माणका कार्य भइरहेकोसमेत विष्टले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : ४२ बजे

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा