सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु « Khabarhub

सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सल्यान – सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका-६ रानागाउँ घर भएकी ५० वर्षीया कमला डाँगी र गंगादेव गाउँपालिका-५ महानेटा घर भएका अन्दाजी ५० वर्षीय तुलाराम ओलीको भीरबाट लडेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले गंगादेव गाउँपालिकाका ओली सोमबार सल्यानको बाग्चौर नगरपालिका ५ टाटकेस्थित रानीपोखरा मेला हेरेर फर्कने क्रममा नजिकैको कालीभीरबाट लडेका थिए भने छत्रेस्वरी गाउँपालिकाकी डाँगी मंगलबार दिउँसो ३ बजेतिर घरबाट घाँसदाउरा गर्न नजिकैको खोरबारे जंगलमा गएको बेला भीरबाट लडेकी थिइन् ।

मेला हेर्न गएका ओली सोमबारदेखि घर नफर्केपछि आफन्तले खोजी गर्दै जाँदा मंगलबार बेलुकी भीरबाट लडेर मृत अवस्थामा फेला पारेका थिए । भीरबाट खसेर घाइते भएकी डाँगीको भने उपचारका क्रममा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : ३५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस