प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री भएपछि गृह मन्त्रालयमा आज बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ सङ्क्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए।

सचिव सिंहका अनुसार गृहमन्त्री लामिछानेले आन्तिरिक शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन निर्देशन दिए । गृहमन्त्री लामिछाने कै अध्यक्षतामा उक्त बैठक बसेको थियो । बैठकमा गृहसचिव तथा रक्षा सचिवसहित सुरक्षा निकायका प्रमखु तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

सो क्रममा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिले गृहमन्त्री समक्ष सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : ४३ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो।

आज २०८० साल मंसिर २५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २५ गते सोमबार। ज्योतिष

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

काठमाडौं – लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट