महिला सांसद महिलाका सवालमा एकजुट हुुने « Khabarhub

महिला सांसद महिलाका सवालमा एकजुट हुुने


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएर नेतृत्व तहमा पुगेका महिला नेतृहरूले महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्दामा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मिडिया एड्भोकेसी ग्रुप (म्याग) र साथी संस्थाले आज आयोजना गरेको ‘आगामी संसद्मा महिलाको सहभागिता र भूमिका’ विषयक अन्तरक्रियामा सहभागी विभिन्न दलका महिला नेतृले विशेष अवस्थामा बाहेक पार्टीको सिद्धान्तमा असर नपर्ने गरी राष्ट्रहितका साझा मुद्दामा सँगसँगै ऐक्यबद्ध भएर आफ्नो विवेकले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले सामाजिक र महिला हितका मुद्दामा विगतमा पनि संसद्मा आवाज उठाएको र यसपटक विभिन्न क्षेत्रको अनुभवसहित आएका महिला नेतृत्वबीच ऐक्यबद्ध भएर काम गर्ने धारणा राखिन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले आफू विगत ३३ वर्षदेखि सामाजिक सेवाको क्षेत्रमा काम गरेर राजनीतिमा आउनु सामाजिक व्यवस्था सुधारका लागि रहेको बताइएन ।

यस्तै सांसद रेखा शर्माले संविधानमै व्यवस्था भए पनि समानुपातिकबाट नेतृत्वमा आउन पनि सङ्घर्ष नै गर्नुपर्ने अनुभव सुनाउँदै नेपालमा केही समयका लागि राजनीति र हरेक क्षेत्रमा महिला, यौनिक अल्पसङ्ख्यक, दलित, सिमान्तकृतका लागि आरक्षण र कोटा आवश्यक प्रक्रिया रहेको बताईन । सांसद रञ्जु झाले महिलालाई अगाडि बढ्न विगतमा सामाजिक, आर्थिकलगायत विविध कारण कठिनाइ भए पनि अबको मुद्दामा महिलाको आर्थिक सशक्तिकरणको आवाज बढी उठाउन जरूरी रहेको विचार व्यक्त गरिन।

साथी संस्थाका पूर्वअध्यक्ष तथा सिड कमिटीकी सदस्य बन्दना राणाले राजनीतिमा महिलाले सहभागीता जनाएका विश्वका ४८ राष्ट्रमा सन् २०२१ मा भएको सर्वेक्षणमा २८ दशमलव ६ प्रतिशत महिला नेतृत्वमा पुगेकामा नेपालमा संविधानले नै राजनीतिमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको र प्रत्यक्ष निर्वाचनमा पनि महिलाले प्रतिस्पर्धा गरेर आउने हिम्मत देखाउनु उपलब्धि भएको बताईन । उनले राजनीतिमा मात्र नभइ राज्यको हरेक तहमा कम्तीमा ३३ प्रतिशत र समानताका लागि ५० प्रतिशत नै सहभागिता सुनिश्चित गर्ने वातावरण तयार गर्न नेतृत्व तहमा पुगेका महिलाबीच एकता हुन आवश्यक रहेको धारणा राखिन् ।

म्यागका संस्थापक अध्यक्ष तथा पत्रकार बविता बस्नेतले सदनभित्र आमनागरिकको प्रतिनिधित्व गर्दै पुग्ने महिला नेतृत्वबीच साझा मुद्दामा सँगै रहेर काम गर्न आग्रह गर्दै विगतमा जस्तै सदनबाहिर सञ्चार र सामाजिक क्षेत्रबाट पूर्ण समर्थन रहने बताईन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : ५५ बजे

सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको