महिलालाई उच्च शिक्षाबाट बञ्चित गर्ने तालिबानको घोषणाको ईयूद्वारा निन्दा « Khabarhub

महिलालाई उच्च शिक्षाबाट बञ्चित गर्ने तालिबानको घोषणाको ईयूद्वारा निन्दा


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिलालाई विश्वविद्यालय शिक्षाबाट बञ्चित गर्ने तालिबानको कदमको युरोपेली युनियन ईयूले निन्दा गरेको छ । ईयूका विदेश मामिला प्रमुख जोसेफ बोरेलले उच्च शिक्षाबाट महिलालाई बञ्चित गर्ने तालिबानको कदमको निन्दा गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् तालिबानको कदमको निन्दा गर्दै यसले महिलाहरुको अधिकार उल्लङ्घन भएको र यस कदमका कारण अफगान समाजमा महिलाले पु¥याउने योगदानबाट समेत बञ्चित हुन पुगेको उल्लेख गरेका छन् ।

ईयूका विदेश नीति प्रमुख बोरेलले लिङ्गका आधारमा हुने दमनलाई ‘मानवताविरुद्धको अपराध’ को संज्ञा समेत दिन सकिने उल्लेख गरे ।

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले केही समयअघि महिलालाई विश्वविद्यालयमा उच्च शिक्षा लिन प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । सन् २०२१ को अगस्ट महिनामा अफगानिस्तानको शासन सम्हालेयता तालिबानबाट निरन्तर महिला अधिकार उल्लङ्घनका घटना हुने गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : २२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।