महिलालाई उच्च शिक्षाबाट बञ्चित गर्ने तालिबानको घोषणाको ईयूद्वारा निन्दा « Khabarhub

महिलालाई उच्च शिक्षाबाट बञ्चित गर्ने तालिबानको घोषणाको ईयूद्वारा निन्दा


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिलालाई विश्वविद्यालय शिक्षाबाट बञ्चित गर्ने तालिबानको कदमको युरोपेली युनियन ईयूले निन्दा गरेको छ । ईयूका विदेश मामिला प्रमुख जोसेफ बोरेलले उच्च शिक्षाबाट महिलालाई बञ्चित गर्ने तालिबानको कदमको निन्दा गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् तालिबानको कदमको निन्दा गर्दै यसले महिलाहरुको अधिकार उल्लङ्घन भएको र यस कदमका कारण अफगान समाजमा महिलाले पु¥याउने योगदानबाट समेत बञ्चित हुन पुगेको उल्लेख गरेका छन् ।

ईयूका विदेश नीति प्रमुख बोरेलले लिङ्गका आधारमा हुने दमनलाई ‘मानवताविरुद्धको अपराध’ को संज्ञा समेत दिन सकिने उल्लेख गरे ।

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले केही समयअघि महिलालाई विश्वविद्यालयमा उच्च शिक्षा लिन प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । सन् २०२१ को अगस्ट महिनामा अफगानिस्तानको शासन सम्हालेयता तालिबानबाट निरन्तर महिला अधिकार उल्लङ्घनका घटना हुने गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : २२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली