पाकिस्तानमा जीवनदायी औषधिको अभाव « Khabarhub

पाकिस्तानमा जीवनदायी औषधिको अभाव


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा जीवनदायी औषधिको अभाव देखिएको छ । पाकिस्तानको कराँचीमा रहेका औषधि पसलहरुमा मधुमेहका रोगीका लागि अत्यावश्यक इन्सुलिनलगायतका जीवनदायी औषधिको अभाव रहेको पाकिस्तानबाट प्रकाशित हुने डेली एक्सप्रेस अखबारले उल्लेख गरेको छ ।

पाकिस्तानमा विदेशबाट आयात गरिने औषधिको चरम अभाव रहेको बताइएको छ । यसबाहेक स्वदेशमै औषधि उत्पादन गर्ने कम्पनीहरुले पनि मूल्य बढाउनका लागि उत्पादन बन्द गर्ने गरेका छन् ।

कृत्रिम अभावका कारण औषधिको मूल्य पनि आकासिएको छ । अहिले पाकिस्तानमा सञ्चालित विदेशी कम्पनीहरु पनि लगानीअनुसार प्रतिफल नआएका कारण पलायन हुने अवस्था आएको डेली एक्सप्रेसले उल्लेख गरेको छ ।

यसबाहेक स्वदेशमै रहेका कम्पनीहरु पनि कालोबजारीमा संलग्न रहेको बताइएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको