जुगल हिमालको आरोहण खुलाउन पहल « Khabarhub

जुगल हिमालको आरोहण खुलाउन पहल


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा पर्ने जुगल हिमशृङ्खलाका विभिन्न उचाइको हिमचुलीहरू पर्वतारोहणका लागि खुला गर्ने माग गरिएको छ ।

बैठकले पर्वतारोहणका लागि प्रस्ताव गरिएका हिमचुलीको नामाकरण गर्न अनुरोध गरेको छ । जुगल–१ (६५९१ मि), जुगल–२ (६५१८ मि), जुगल–३ (६१८४ मि) र जुगल–४ (६१२० मि) नामाकरण गर्न अनुरोध गर्ने निर्णय भएको प्रतिनिधिसभा सदस्य माधव सापकोटाले जानकारी दिए । प्रतिनिधिसभा सदस्य माधव सापकोटा, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, पर्यटन विभागको महानिर्देशक होमप्रसाद लुइँटेलसहितको उपस्थितीमा ती हिमालको नामाकरण गरी आरोहणका लागि अनुमति माग्ने निर्णय गरेको हो ।

बैठकमा सिन्धुपाल्चोकमा अवस्थित जुगल हिमाश्रृङ्खलाका विभिन्न उचाइको हिमचुली पर्वतारोहणका लागि खुला गर्ने सम्बन्धमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको नेतृत्वमा भएको अध्ययन प्रतिवेदनमाथि छलफल भएको थियो । प्रतिवेदनमा समावेश गरिएका हिमाल पहुँचका दृष्टिले राजधानीबाट नजिक रहेको, पर्वतारोहणका लागि सहज पदमार्गको पहिचान भएको र मुलुकको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउने देखिएकाले आरोहणका लागि खुला गर्न पर्यटन विभागमार्फत नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णयामा भनिएको छ ।

छ हजार एक सय ५१ मिटर उचाइको जुगल हिमशृङ्खलाअन्तर्गत ग्याल्जेन पिक यसअघि दुईपटक आरोहण भइसकेको छ । पहिलो पटक २०७५ चैत २६ मा सफल आरोहण गरिएको थियो । सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा पहिलो पटक आरोहण भएको थियो । दोस्रो पटक २०७७ कात्तिकमा आरोहण गरिएको थियो ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : ३५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको