पुगेन भैरहवा भन्सारको लक्ष्य « Khabarhub

पुगेन भैरहवा भन्सारको लक्ष्य


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बुटवल – भैरहवा भन्सार कार्यालयको राजस्व लक्ष्यभन्दा कम सङ्कलन भएको छ । सरकारले विदेशबाट आउने केही सामानको आयातमा कडाइ गरेपछि राजस्व सङ्कलनमा असर परेको हो ।

गत साउनदेखि कात्तिक महिनासम्म लक्ष्य रु ४७ अर्ब ७७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा रु २५ अर्ब १३ करोड मात्रै सङ्कलन भएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिए ।

अर्थ मन्त्रालयले विदेशी मुद्रा सञ्चितिमा कमी आएको बताउँदै १५० सिसिभन्दा माथिका मोटरसाइकल, जीप कार भ्यान, तीन सय डलर मूल्य माथिको मोबाइल, ५० इन्च माथिको टिभी र तयारी मदिरालगायतका सामानको आयातमा रोक लगाएकाले भन्सार राजस्व सङ्कलनमा कमी आएको प्रमुख पौडेलले बताए ।

सरकारले वस्तुको आयातमा अनिवार्य एलसी खोल्नुपर्ने नियम लगाई आयातमा कडाई गरेपछि विदेशी वस्तुको आयातमा समस्या सिर्जना भएको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ । राजस्व सङ्कलनमा कमी आएपछि सरकारले चालु आर्थिक वर्षको मङ्सिर २० गतेपछि महङ्गा गाडी, मोबाइल, मदिरा, मोटर साइकललगायत १० वस्तुमा लगाइएको आयात प्रतिबन्धमा फुकुवा गरे पनि राजस्व सङ्कलनमा सुधार नभएको भन्सार कार्यालयको तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : ४५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका