पुगेन भैरहवा भन्सारको लक्ष्य « Khabarhub

पुगेन भैरहवा भन्सारको लक्ष्य


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बुटवल – भैरहवा भन्सार कार्यालयको राजस्व लक्ष्यभन्दा कम सङ्कलन भएको छ । सरकारले विदेशबाट आउने केही सामानको आयातमा कडाइ गरेपछि राजस्व सङ्कलनमा असर परेको हो ।

गत साउनदेखि कात्तिक महिनासम्म लक्ष्य रु ४७ अर्ब ७७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा रु २५ अर्ब १३ करोड मात्रै सङ्कलन भएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिए ।

अर्थ मन्त्रालयले विदेशी मुद्रा सञ्चितिमा कमी आएको बताउँदै १५० सिसिभन्दा माथिका मोटरसाइकल, जीप कार भ्यान, तीन सय डलर मूल्य माथिको मोबाइल, ५० इन्च माथिको टिभी र तयारी मदिरालगायतका सामानको आयातमा रोक लगाएकाले भन्सार राजस्व सङ्कलनमा कमी आएको प्रमुख पौडेलले बताए ।

सरकारले वस्तुको आयातमा अनिवार्य एलसी खोल्नुपर्ने नियम लगाई आयातमा कडाई गरेपछि विदेशी वस्तुको आयातमा समस्या सिर्जना भएको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ । राजस्व सङ्कलनमा कमी आएपछि सरकारले चालु आर्थिक वर्षको मङ्सिर २० गतेपछि महङ्गा गाडी, मोबाइल, मदिरा, मोटर साइकललगायत १० वस्तुमा लगाइएको आयात प्रतिबन्धमा फुकुवा गरे पनि राजस्व सङ्कलनमा सुधार नभएको भन्सार कार्यालयको तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : ४५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको