पोखरामा विहिबारदेखि आहा रारा गोल्डकप, उद्घाटनमा आयोजक र धरान भिड्ने « Khabarhub

पोखरामा विहिबारदेखि आहा रारा गोल्डकप, उद्घाटनमा आयोजक र धरान भिड्ने


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा विहिबारदेखि आहा रारा गोल्डकप आयोजना हुँदै छ । सहारा क्लवको आयोजनामा १० दिनसम्म चल्ने प्रतियोगितामा १० टीमको सहभागिता रहने छ ।

प्रतियोगिताको उद्घाटन खेलमा विहीबार आयोजक सहारा क्लव र धरान फुटवल क्लव बीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको भुटानीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, धरान फुटबल क्लब र आयोजक छन् ।

यो वर्ष पुरस्कार राशीमा समेत बृद्धी भएको छ । यसअघि १० लाख पुरस्कार रहेकोमा अहिले २ लाख थपेर १२ लाख बनाइएको छ । दोश्रो पुरस्कार ६ लाख छ । बेस्ट अफ फाइभलाई नगद पुरस्कार २५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, प्रत्येक खेलको म्यान अफ दि म्याच पुरस्कार ८ हजार तथा फाइनलको म्यान अफ दि म्याचलाई १० हजार प्रदान गरिने महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

यसपालि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने भएको छ । उद्घाटन समारोहका बेला ५० लाख नगद सहित उनलाई सम्मान गर्न लागिएको हो । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट यही पुरस्कारबाट पुरस्कृत भैसकेका छन् ।

सहारा क्लवले फुटवल टुर्नामेण्टबाटै एकेडेमी समेत सन्चालन गर्दै आएको छ । प्रतियोगिताबाट बचत भएको रकम दोबिल्लामा सन्चालित एकेडेमी सन्चालनमा खर्च हुने छ । एकेडेमीमा हाल १० जिल्लाका १३ जना प्रशिक्षार्थी छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १० : ०५ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि