सुर्खेतमा ब्राउन सुगरसहित चार पक्राउ « Khabarhub

सुर्खेतमा ब्राउन सुगरसहित चार पक्राउ


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका १८ वर्षीय मोहन रासकोटी, वडा नं ७ का २३ वर्षीय सुरज गौली, १० का २४ वर्षीय सुशील चौधरी र १८ वर्षीय राजन सार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनीहरुलाई सोमबार बेलुका ६ बजे पक्राउ गरिएको उनले बताए ।वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बुदबुदीस्थित दिदीबहिनी कटेजमा लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेर आठ पुरिया ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ लागुऔषधसहित चारै जनालाई पक्राउ गरेको उनले बताए । सूचना अधिकारी कार्कीका अनुसार पक्राउ परेका चारै व्यक्तिको थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै, सोमबार राति ११ बजे वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत भुरेलीस्थित श्रवण हमाललाई कुटपिट गर्ने तथा अनिल बुढा र उनको श्रीमती पूजा बुढालाई चक्कु प्रहार गर्ने ३० वर्षीय डम्मर गुरुङलगायत सात जनाको समुहलाई प्रहरीले खोजी कार्य जारी राखेको छ । घाइतेलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र कुटपिटमा प्रयोग भएको दुईवटा मोटरसाइकलको सखर बरामद भएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १० : ५१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस