गण्डकी प्रदेश प्रमुखद्वारा प्रदेशसभा अधिवेशन आह्वान « Khabarhub

गण्डकी प्रदेश प्रमुखद्वारा प्रदेशसभा अधिवेशन आह्वान


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशसभाको अधिवेशन पुस १८ गते आह्वान गरिएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा ‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम प्रदेशसभाको अधिवेशन विसं २०७९ पुस १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेशसभा भवन नदीपुरमा आरम्भ हुनेगरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशन अघि नवनिर्वाचित सांसदलाई सपथ खुवाउने तयारी छ । प्रदेश प्रमुख गुरुङले यही पुस १३ गते बुधबार गण्डकी प्रदेशसभा सदस्य मध्ये ज्येष्ठ सदस्य पर्वत जिल्ला निर्वाचन क्षेत्र नं १ को ९१०बाट निर्वाचित मित्रलाल बस्याललाई सपथ खुवाउने तयारी गरिएको हो ।

प्रत्यक्ष निर्वाचित तथा समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेका सबैलाई सपथ खुवाइने पनि प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमालेका) २२, नेकपा (माओवादी केन्द्र)का आठ, राप्रपाका दुई र नेकपा (एकीकृत समाजवादी)का एक सांसद छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ११ : ०२ बजे

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ