कोरोना संक्रमित ओली सार्वजनिक कार्यक्रममा ! सामाजिक सञ्जालमा विरोध « Khabarhub

कोरोना संक्रमित ओली सार्वजनिक कार्यक्रममा ! सामाजिक सञ्जालमा विरोध

पूर्वप्रधानमन्त्रीबाटै सरकारी आदेशको उल्लंघन


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले कोरोना संक्रमण पुष्टि भएको सात दिनसम्म आइसोलेसनमा बस्नुपर्ने भन्दै जारी गरेको आदेशलाई प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले उलंघन गरेपछि सामाजिक सञ्जालमा यसको चर्को विरोध भइराखेको छ।

अघिल्लो दिन पार्टी सचिवालयले होम आइसोलेसनमा बसेको भन्दै विज्ञप्ति सार्वजनिक गर्ने र भोलिपल्ट अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि उनको आलोचना भएको हो।

माघ ९ गते कोरोना संक्रमण पुष्टि भएका ओली १२ गते युवा संघले घरै अगाडि गरेको कार्यक्रममा उपस्थित भएका हुन्। एमालेको युवा संघले माघ १२ गते ओली निवासन अगाडि गरेको कार्यक्रममा ओली उपस्थित भएको खबर सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको हो।

प्रदीप भट्राई ट्वीटरमा लेख्छन्, ‘कोरोना हुँदाहुदै किन कार्यक्रममा जानुभयो ? तपाईंको जीवन यो देशको लागि रास्ट्रको लागि कति महत्त्वपूर्ण छ यो तपाइलाई थाहा छ कि छैन? रोगसँग लडने क्षमता कम हुँदाहुदै केहि उरठेउलाले भन्दैमा किन जानु भयो? राजनेताको सचिवालय यस्ता काम रोक्नुपर्यो।’

त्यसैगरी काँग्रेस नेता रामहरि खतिवडालेसमेत आलोचना गरेका छन्। ‘नेकपा एमालेका अध्यक्ष, पूर्वप्रधानमन्त्री केपी ओली कोरोना हुँदा हुदै जनसेवा दौडिन लाग्नु भएछ’, खतिवडाले ट्वीटरमा लेखेका छन्, ‘आफ्नो स्वास्थ भन्दा अरुको स्वास्थमा ध्यान दिने राजनेता ? भोलि ओलिको नयाँ वाणि आउने छ यो ‘सरुवा रोग होइन’ विश्व स्वास्थ संगठन चकित पर्ने छ। ‘ओलीको जय होस।’

कार्यक्रममा कोरोना संक्रमित ओलीसँगै एमाले नेता गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत थिए। ओलीलाई स्वास्थ्य लाभको कामना गर्दै रक्तदान गर्न आयोजित कार्यक्रममा ओलीको पूर्णकदको तस्बिरसमेत राखिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महेश बस्नेतले ओलीको स्वास्थ्य लाभको कामना गर्न रक्तदान कार्यक्रम गरेको बताए। एमाले पार्टी केन्द्रीय सचिवालयले माघ ११ गते मात्र ओली होम आइसोलेसनमा आराम गरेको भन्दै विज्ञप्ति सार्वजनिक गरेको थियो। त्यसको भोलिपल्ट सार्वजनिक कार्यक्रममा उपस्थित भएर ओलीले सरकारी आदेशको अवज्ञा गरेका हुन्।

कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले छुट्टै आदेश जारी गरेका छन्। त्यसलाई अध्यक्ष ओली र युवा संघले पूर्ण रुपमा अवज्ञा गरेको देखिन्छ।

कति दिन आइसोलेसनमा बस्नुपर्छ ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतमा नेपालमा १० दिन आइसोलेसनमा बस्नुपर्ने प्रावधान रहे पनि ओमिक्रोनसम्बन्धी अध्ययनका प्रमाणमा आधारित रहेर त्यो अवधि सात दिनमा झारिएको छ।

‘ओमिक्रोन भेरिएन्ट सँगसँगैको अध्ययन अनुसन्धानबाट आएका प्रमाणका आधारमा विज्ञको सुझावअनुसार हामीले यो समयावधि घटाएर सात दिन बनाएका छौँ’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले भने।

खोप लगाएका कारण ओमिक्रोन भेरिएन्टको सङ्क्रमणको चक्र र यसले पार्न सक्ने जोखिम अनुसार सात दिन आइसोलेसन समयावधि बनाइएको सरकारी भनाइ छ। लक्षण देखिएमा भने नेगेटिभ रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्नुपर्ने उनको भनाइ छ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : ४० बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा