छानबिन समितिले यात्रुलाई भन्यो-चार्टर उडानमा बढी भाडा तिरेको कागजातसहित निवेदन दिनुस् « Khabarhub

छानबिन समितिले यात्रुलाई भन्यो-चार्टर उडानमा बढी भाडा तिरेको कागजातसहित निवेदन दिनुस्


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर उडानमा तोकिएको भन्दा बढी भाडा लिएको विषयमा पर्यटनमन्त्री प्रेम आलेले गठन गरेको छानबिन समितिले काम सुरु गरेको छ ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठिन तीन सदस्यीय छानबिन समितिले यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र इमेलमार्फत निवेदन दिन अनुरोध गरेको हो ।

कोरोनाको पहिलो चरणमा लकडाउनका बखत अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानको व्यवस्था भएको थियो ।

सोपश्चात् यात्रु प्रस्थान हुँदा लाग्ने हवाई भाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाई भाडाभन्दा बढी लिएको भनी प्राप्त भएका विभिन्न गुनासोका आधारमा गुनासोको सम्बोधन गरी छानबिन गर्न मन्त्रालयले हवाई भाडा दर छानबिन समिति, २०७८ गठन गरेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ८ : ३४ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,