जडिबुटी कम्पनीको महाप्रबन्धकमा दरखास्त खुल्यो « Khabarhub

जडिबुटी कम्पनीको महाप्रबन्धकमा दरखास्त खुल्यो


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वन तथा वातावरण मन्त्रालयले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका लागि खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक छनोट गर्ने भएको छ । महाप्रबन्धक छनोट समितिले शुक्रबार विज्ञापन आह्वान गर्दै १५ दिभित्र दरखास्त पेश सूचित गरेको छ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विज्ञान, समाजशास्त्र, व्यवस्थापन, वनस्पतिशास्त्र वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातक तह उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

आवेदकको उमेर ३० वर्ष पूरा भएको हुनुपर्नेछ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालनका लागि व्यवसायिक कार्ययोजना ९ बढीमा १५ पेजको० पनि माग गरिएको छ भने व्यवसायिक कार्ययोजनामा कम्पनीलाई विस्तार गर्ने रणनीतिक योजनासमेत पेस गर्नुपर्ने छ ।

यसअघिका महाप्रबन्धक ज्ञानेश्वर कार्कीको कार्यकाल सकिएपछि नयाँ महाप्रबन्धक नियुक्त गरिन लागिएको हो । कम्पनीले जडीबुटीको उत्पादन, प्रशोधन, बिक्री र बजारीकरणको काम गर्ने गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ८ : ३८ बजे

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै

चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै

चितवन– यही चैतको तेस्रो सातादेखि जिल्लाका सातै पालिकामा ‘पीपीआर’ खोप

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

गण्डकी– आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई

चालकको स्वास्थ्यसँग यात्रुको जीवन : कता छ राज्यको ध्यान ?

काठमाडौँ – सडकमा दिनहुँ गुडिरहेका हजारौँ सवारीसाधन केवल गन्तव्यतर्फ बढिरहेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल