किन जान्छ भूकम्प « Khabarhub

किन जान्छ भूकम्प

दोष हाम्रो कि जमिनको ?



पृथ्वीलाई शेष नागले काँधमा अड्याएको र भार भएपछि काँध फेर्दा कम्पन हुन्छ र भूइँचालो जानेगर्छ भनेर बुढापाकाले केटाकेटीलाई सुनाएको धेरैले सुनेका छौँ। आधुनिक विज्ञानले जमिन मुनी प्लेट छ। त्यसको घर्षण हुँदा भूमिकम्पन हुने गर्छ भनेको छ। शेष भन्नु सर्प हो, विज्ञानले भनेको प्लेट पनि लामो आकारको हुँदा कुरो उस्तै, उस्तौ खाली प्रस्तुति को तरिका फरक भन्नअसहज हुँदैन। कुरो जे होस् माघ महिनान लाग्दै वा वैशाख नलाग्दै हाम्रो मन भने बढी हल्लिन्छ।

हाम्रो भू–सतहको ९ माइल तलको चट्टानमा दिएको कम्पनका कारण काठमाडौं पूरै हल्लिने गर्छ । काठमाडौंलाई ताकेर हान्ने यो धक्काको शक्ति २० आणविक हतियार फाट्दा हुने शक्तिभन्दा कमहुँदैन। हिन्दू यारलिङ रेखामा पर्ने नेपाल क्षेत्रमा औसत ७५ वर्षमा ८ रे स्केलमा महाभूकम्प जाने गरेको छ। यसको मूलकारण नेपालको दक्षिणी सीमा सतहमुनिको लामो धाँजामा हुने नियमित हलचल हो। यहाँ तीन चार करोड वर्ष पूर्व भारतीय उपमहादीपको चट्टान युरेसिया (तिब्बतीयन) चट्टानसँग जुधेको थियो रे। यसैकारण यो भू सतहमुनी रहेको भारतीय प्लेट हरेक वर्ष १ इन्चका दरले उत्तर तिर सरेको र दुवै प्लेटबीच घर्षण हुँदा पृथ्वीको माथिल्लो भागमा चिरा नपरुन्जेल ऊर्जा र तनाव पैदा भइरहने र यो ऊर्जा र तनाव आणविक हतियार सरहको हुनेगर्छ।

२०७२ को भूकम्पका कारण काठमाडौं २ मिटरले दक्षिणतिर सरेर १ मिटरको थपउचाई प्राप्त गरेको कुरा सार्वजनिक भएको थियो। पृथ्वीको सतह मुनीको लामाधाँजाका कारण नेपाल उच्च भूकम्पको जोखिममा देखिन्छ। यो धाँजाको लम्बाई १४०० माइलसम्मको भएको, भारतीय र तिब्बतीयन प्लेटको निरन्तर घर्षणले यहाँको उचाइ हरेक वर्ष १ से. मिका दरले उठिरहेको, ४०/५० वर्षको औसत समयमा दक्षिणी र उत्तरी प्लेटबीच घर्षणको गति बढ्नाले नेपालमा महाभूकम्प जाने गरेको तथ्य सार्वजनिक भएको छ।

२०७२ को भूकम्पका कारण काठमाडौं २ मिटरले दक्षिणतिर सरेर १ मिटरको थपउचाई प्राप्त गरेको कुरा सार्वजनिक भएको थियो। पृथ्वीको सतह मुनीको लामाधाँजाका कारण नेपाल उच्च भूकम्पको जोखिममा देखिन्छ।

पृथ्वीमा ३ तहहरु छन्। ती हुन् क्रस्ट, मेन्टल र कोर। ठोस चट्टान भित्र प्लेट बनेर बसेको भाग क्रष्ट हो, यो बाहिरी सतह भएको र मानव बस्ती यहीँहुने गर्छ। हिमाली क्षेत्रमा यसको मोटाई ७० किलोमिटरसम्म र समुद्री सतहमा ५ किमी सम्मको हुनेगर्छ।

क्रस्टभन्दा तलको मेन्टलको मोटाई २९०० किमीसम्मको हुनेगर्छ। मेन्टल पग्लिएर पाक्ने १३०० डि.से. सम्मम्याग्माको लेदो माथि ठूला प्लेटहरु तैरिएका हुन्छन्। म्याग्मा छचल्किएर प्लेटहरुले ठक्कर दिँदा जमिन मुनीबाट बम पड्केझै गरी पटक पटक आवाज आएको त हामीले ७२ को भूकम्पबाट सुन्यौं नै। यस किसिमको नराम्रो आवाज र कम्पन त हामीले अहिलेसम्म देखे, भोगे, सुनेका पनि थिएनौं।

भारतीय प्लेट तिब्बतीयन प्लेटमुनि छिरेको, अघि बढ्न नसकेको, दुवै प्लेट रड्किंदा चट्टानमा चाप परेकोले नेपालमा भूकम्पको ठूलो धक्का व्यहोर्नु पर्यो। भारतीय र तिब्बतीयन प्लेटमिलेर हाम्रा हिमश्रृंखलाहरु बनेका छन्। यति श्रृंखला पूर्वमा म्यानमारदेखि पश्चिममा अफगानिस्तानसम्म छ। २४०० किमी भूसतहमुनी रहे पनि सबैतिर कम्पन भने हुने गर्दैन। जहाँ कम्पन हुन्छ त्यो पनि ७५/१०० वर्षको अन्तरालमा मात्र।

विश्वभर रहेका प्लेटमध्ये जापान र इन्डोनेसियाका आफ्नै प्लेट रहेका छन्। चिलीको पनि स्वतन्त्र प्लेट छ। कुनै एक प्लेट अर्को प्लेटमा छिरेपछि तल्लो भागभित्र छिर्ने र माथिल्लो भागमाथि उठ्ने हुन्छ। भारतीय प्लेट तलतिर उत्तरतिर छिरेको र तिब्बतीयन प्लेट माथितिर दक्षिणतिर छिर्न पुग्यो। तलतिर गएको शक्ति थाम्न नसकी विस्फोट हुनपुग्यो र नेपालमा कम्पन भयो।

विश्वमा भूकम्पको जोखिम
हामीमात्र होइन संसारका दुई तिहाई भाग भूकम्पकीय जोखिममा छन्। तर, तिनले पूर्व सतर्कता अपनाएका छन्। हामीले यसबारे खासै ध्यान दिएनौं। हाम्रा विकास आधार पूरै ध्वस्त हुन पुगे। एक प्लेट अर्कोमा च्यापिदा मात्रै होइन प्लेटहरु दायाँबायाँ सर्दा पनि यस्ता कम्पन हुन्छन् भने एक प्लेट अर्कोबाट टाढा हुँदा पनि भूकम्पको धक्का महसुस हुन्छ।

नेपालको आप्mनो अवस्था एकीन गरेर मात्र विकासका पूर्वाधार तय गर्दा बढी जोखिम सहनु पर्दैन। भूकम्पकै कारण हाल हाम्रा रमणीय हिमाली श्रृंखलाको उचाई घटेका र राजधानी उपत्यकालगायत पहाडी सतहका भूभागको उचाई बढेकाले पनि सबैले यसबारे सोच्नु पर्ने बेला आएको छ।

निर्माणकर्ता सिकर्मी, डकर्मी, ठेकेदारलाई यसबारे चेतना र कुनै तालिम दिइएन, पैसा फालाफाल हुँदैमा वा सिंगापुर ,जापान, थाइलैण्डको नक्कल गर्दै भूमिले धान्नै नसक्ने गरी महलहरु तयार भए। नेपाली शैलीका घर, नेपालीपनका भवनबाटै जिन्दगी राम्ररी चल्छ भन्ने कुरा कसैले बुझेन। सरकारले राजस्वतिर मात्र ध्यान दियो, प्रविधि र डिजाइनतिर, अध्ययन र अनुसन्धान तिर ध्यान दिएन। दुवईमा समुद्रभित्रै सयौं तला घर बन्न सक्छन् भनेकै भरमा राजधानी काठमाडौंमा विदेशी शैलीको नक्कल गरियो।

भूकम्पले काठमाडौंमा किन धेरैको ज्यान गयो ?
काठमाडौंको गोंगबु जस्तो तरकारी खेत,बारी ,अन्न उब्जनीको उर्बर अनि अत्यन्त हिलो र कमलो माटो दुई अढाई दशक अघिसम्मको अवस्थालाई मध्यनजर गरिएन। लगानीकर्ताले पनि होस् पुर्योएको पाइएन। फलतः धेरैको ज्यान गयो भने आँकल नै गर्न नसकिने भौतिक संरचना ध्वस्तभए। त्यसले अपुरणीय क्षतिभयो, पुनर्निर्माणमा यसको मूल्य थप चर्को भयो। जो हामी सबैले भोग्दै छौँ, अहिले। आजको बजार त्यसै आत्तिएको होइन। वैशाख १२ को प्रलयकारी भूकम्पले हाम्रो आर्थिक विकासलाई ठाडै चुनौतिदियो भने राजधानीबासी दिन रात खुल्ला आकाश मुनी रहे। थिचिएर पिचिएर सो भूकम्पले आठ हजार बढी मानिसलाई त सर्लक्कै निल्यो। तर बाँचेकाहरुको हालत मरणको भन्दा कम भएन। धेरैले भने यस्तो देख्नु भन्दा त मृत्यवरण नै ठीक थियो।

नेपाल भूकम्पीय जोखिम क्षेत्रमा हो। तर, सास फेर्ने सम्मको खुला जमिन कतै बाँकी छैन। शनिबार सार्वजनिक बिदा भएकाले मानवीय क्षति कमभयो नभए त धेरैधेरै मानिसको स्वाहा हुने थियो।

नेपालमा जोखिम कति ?
सबैलाई अगवत छ नेपाल भूकम्पीय जोखिम क्षेत्रमा हो। तर, सास फेर्ने सम्मको खुला जमिन कतै बाँकी छैन। शनिबार सार्वजनिक बिदा, मौसम अनुकूल, मध्याह्नको समय भएकाले मानवीय क्षति कमभयो नभए त धेरैधेरै मानिसको स्वाहा हुने थियो।

अन्तर्राष्ट्रिय विमानस्थल, ठूला भनिएका राजमार्ग, अस्पताल भवन, विद्युत प्रसारण लाइन, टेलिफोनका ठूला टावर, खानेपानीका ठूला लाइन, विद्युतका ठूला जलाशय फुटेका र भत्केका भए हाम्रो हालत के हुने थियो ? सो भूकम्पले हाम्रा बालकालिका धेरै जोगिए। तर, पनि मनोवैज्ञानिक असर धेरै परेको छ। त्यसपछि लगत्तै वेशाख २९ गतेको भूकम्पले पनि धेरैको ज्यानलियो करोडौँ सम्पत्तिको क्षतिभयो। त्यसपछि हालसम्म सयौँ पराकम्प गइराखेका छन्। जापानमा ९ रेक्टर स्केलसम्मको भूकम्प गइरहन्छ। तर ठूलो क्षति हुँदैन। बालबालिकालाई यसबारे पाठ्यपुस्तकदेखि नै सचेतना गराइएको हुन्छ। भूकम्पमा के गर्ने भनी सिकाइएको हुन्छ । यस्तो कार्यमा प्रधानमन्त्रीदेखि आमनागरिक बालक, वृद्ध सबैलाई सहभागी गराइन्छ।

विदेशमा पूर्व तयारीको अभ्यास
विदेशमा नयाँ भवनमा कसैको प्रवेश पूर्व नै आगलागी, भूकम्प वा आपतकालीन अवस्थामा भाग्ने रुटबारे सूचना दिइन्छ। आपतका बेला घर, विद्यालय, सपिङ सेन्टर, मलमा भाग्ने बाटो पहिले नै तय गरिएको हुन्छ। घरेलु सामानको कोठामा सजावट गर्दा पनि यसको पूर्ण तयारी तालिम दिइएको हुन्छ तर हाम्रो अवस्था यस्तो छैन।

ठूला भवनदेखि धरहरा चढेकाले समेत निमेष भरमै ज्यान गुमाए। भूकम्पको स्केल कम हुँदैमा क्षतिकम हुन्छ भन्ने पनि होइन सन् २०१० मा हाइटीमा गएको सात रेक्टर स्केलको भूकम्पले अढाई लाख मान्छेको ज्यान लियो। काठमाडौं उपत्यकाको भूमि सतह भन्दा पाँच सय मिटर तलसम्म माटो र बालुवा छ त्यसमुनि चट्टान छ। चट्टानमा आउने कम्पनभन्दा माटो बालुवामा १० गुणा कम्पन बढी हुन्छ। तरंग बढ्छ त्यसैले काठमाडौं बढी जोखिममा छ। अनियन्त्रित र अव्यवस्थित बसोबासले भू सतहको पानीलाई जबर्जस्ती निकाल्ने गर्नाले काठमाडौं उपत्यकालाई थपकमजोर बनाएको छ।

विदेशमा नयाँ भवनमा कसैको प्रवेश पूर्व नै आगलागी, भूकम्प वा आपतकालीन अवस्थामा भाग्ने रुटबारे सूचना दिइन्छ। आपतका बेला घर, विद्यालय, सपिङ सेन्टर, मलमा भाग्ने बाटो पहिले नै तय गरिएको हुन्छ।

भारतसमेत भूकम्पको जोखिममा छ। जमिनमुनी रहेको भारतीय प्लेट प्रतिवर्ष उत्तरतिर दुई सेमीले धकेलिरहने गर्नाले हिमालको फेदीमा बढी शक्ति संचयहुने गरेको छ। त्यो शक्ति चट्टानले थेग्न नसकेपछि चट्टान काटेर ऊर्जा तरंगित हुँदा कसैले नसोचेको कम्पन महसुस हुनेगर्छ। काठमाडौमा त्यहीभयो। नेपाली भूभागमध्ये चुरे क्षेत्रको १७० किमीपूर्वी पश्चिम भाग नसर्ने तर दक्षिणतिरबाट धकेलिरहने गर्दा उत्तर तिरको युरोसियन तिब्बती प्लेटसँग ठक्कर खाँदा हामीकहाँ भूकम्प जान्छ। यसरी भूकम्प जाने भएकाले नै वैशाख १२ र २९कालो कालो दिनको अनुभूतिगरिरहनु परेको छ। त्यसपछिका परकम्पनहरुले पनि हामीलाई तर्साउन छोडेको छैन।

सिंगो नेपाललाई हल्लाउने गरी आएको भूकम्पको घाऊ पुरिन अझै धेरै समय लाग्छ। सम्पूर्ण आर्थिक संरचनाको तहसनहस भएको वैशाख १२ को भूकम्पले ठूलै मानवीय क्षतिभयो।

सन् २०७८ को जनगणनाको प्रारम्भिक नतिजा अनुसार काठमाडौं जिल्लामा मात्र २० लाख १७ हजार ५३२ जनसंख्या रहेको छ। यति घना बस्ती भएको काठमाडौं अहिलेसम्म जोखिममा छ र भोलि पनि रहने नै छ। यो जोखिम उपत्यकाका ललितपुर र भक्तपुरमासमेत उस्तै छ। घना बस्तीसँगै देशभरका जुनसुकै जिल्लामा पनि भूकम्पको जोखिम देखिन्छ। जोखिम कम गर्न हामी सबै सचेत हुनुपर्ने देखिन्छ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : १४ बजे

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ – प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा

सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’

ओखलढुङ्गा – ओखलढुङ्गामा तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका

भोजपुर गोल्डकप : खोटाङलाई हराउँदै साविक विजेता रुपन्देही सेमिफाइनलमा प्रवेश

काठमाडौँ – भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर

विभागीय मन्त्रीलाई सात दिनभित्र जवाफ दिन रुलिङ

सुर्खेत – कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले प्रदेशसभा सदस्यले सभामा

एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम

काठमाडाैँ –  पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे