फाहोरको विश्वव्यापी महामारी | Khabarhub Khabarhub

फाहोरको विश्वव्यापी महामारी



काठमाडौं – यदि नयाँ विश्लेषणलाई विचार गर्ने हो भने विश्वमा प्रत्येक सात मिनेटमा सगरमाथाको उचाइ (८८४८.८६ मिटर) बराबरको लत्ता कपडाको फोहोर थुप्रिन्छ ।

बेलायतको बालबालिकाको कपडा उत्पादक ब्रान्ड ‘फाइभ अफ अस’ले १२–महिनाको अवधिमा विश्वव्यापी फेसन उद्योग (कपडा उत्पादक)ले योगदान पुर्‍याउने फोहोरको परिमाणको कल्पना गर्ने पृष्ठ सिर्जना गरेको छ, जसले विश्वमा कपडा उत्पादनले गर्ने फोहोरको तथ्यलाई सार्वजनिक गरेको छ ।

कपडा उद्योग वरपरको वातावरणीय समस्या बारे उपभोक्तामा जागरूकता बढेको भएता पनि, एक प्रतिशत वा त्यो भन्दा कम कपडा नयाँ कपडामा पुनः प्रयोग गरिँदै आएको उक्त कम्पनीले उल्लेख गरेको छ ।

उक्त तथ्याङ्कले फेसन उद्योगका लागि प्रत्येक वर्ष उत्पादन हुने ३२ बिलियन (३२ अर्ब) कपडा मध्य ६४ प्रतिशत कपडा ल्यान्डफिलमा फायालिने गरेको छ । अर्थात् प्रत्येक वर्ष २० अर्ब भन्दा बढी कपडा फोहोरको रुपमा फाँलिने गरेको छ ।

यस्तै, विश्लेषणका अनुसार प्रत्येक १६ सेकेन्डमा एफिल टावर (३२४ मिटर) को उचाई बराबरको कपडा ल्यान्डफिलमा थ्रुपिन्छ भने बुर्ज खलिफा (८३० मिटर) को उचाई बराबरको कपडा प्रत्येक ४२ सेकेन्डमा विश्वभर फलिन्छ ।

‘हरेक ७ मिनेटमा विश्वमा सगरमाथाको उचाई बराबार लत्ताकपडा डम्पिङ साइटमा जम्मा हुन्छ’

यसैबीच, छ घण्टामा, कपडाको थुप्रो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (पृथ्वीभन्दा ४०८,००० मिटर माथि) पुग्न सक्षम हुनेछ। त्यसैगरी, करिब आठ महिना (२२८ दिन) मा फाकिएको कपडाको थुप्रो पृथ्वीबाट ३८४ मिलियन मिटर टाढा चन्द्रमामा पुग्नसक्छ।

विगत २० वर्षमा कपडाको उत्पादन दोब्बर भएको छ । कपडाको उत्पादन १०० बिलियनबाट २०० बिलियन पुगिसकेको छ । योसँगै कुनै एक कपडा लगाउने पुन प्रयोग गर्नेको संख्या ३६ प्रतिशत रहेको छ र यो प्रतिशत दिनहुँ घटिरहेको छ ।

योसँगै ९४ मिलियन (९.४ करोड) किलोग्राम कपडा एक पटक प्रयोग भएको पोशाक र प्रत्येक वर्ष खरिद हुँदै आएको छ । जसले नयाँ फेसन उद्योगको दिगोपनमा ठूलो नकारात्मक प्रभाव पार्न सक्छ ।

उपभोक्ताको बढ्दो मागको बाबजुद पनि २५ प्रतिशत फेसन कपडा बिक्री नहुने गरेका छन् भने १२ प्रतिशत फाइबर पसलमा त्यसै नष्ट भइरहेका छन् ।

यसको मतलब पृथ्वीमा भइरहेको प्रदूषणको रुपमा कपडा (फेसन) उद्योगले पनि राम्रो योगदान पु¥याइरहेका छन् । यदि केही परिवर्तन भएन भने विश्लेषण अनुसार कपडा उद्योगले सन् २०३० सम्ममा विश्वव्यापी उत्सर्जन उत्पादन ४९ प्रतिशत बढ्ने अनुमान गरिएको छ।
बढ्दो प्रदुषणमा उत्पादकसँगै उपभोक्ता पनि भागिदार रहेका छन् । अचम्मलाग्दो कुरा, उपभोक्ता मध्ये आधाले नचाहिने लुगाहरू सिधै डस्टबिनमा फाल्ने गरेका छन् भने तिनीमध्ये धेरैले पुनः बेच्न वा परोपकारका रुपमा दान पनि दिन सक्छन् । तर, यस्तो धेरैले गर्ने नगरेको उक्त विश्लेषणले उल्लेख गरेको छ ।

अध्ययनका अनुसार पर्यावरण–मैत्री कपडा उद्योग आगामी वर्षमा ११.६ प्रतिशतले वृद्धि हुने सम्भावना छ । जुन कुनै आश्चर्यको कुरा होइन, किनकी गत वर्ष बेलायतका दुई तिहाई भन्दा बढी उपभोक्ताले खरिद गर्नु अघि ब्रान्डको दिगो सक्रियतालाई विचार गरे। अपसाइक्लिङ फेसन ब्रान्ड कपडाका सह–संस्थापक निश पारेखले यो प्रवृत्ति उद्योगमा निरन्तर बढ्दै जाने विश्वास व्यक्त गरेका छन् ।

पारेख भन्छन्, ‘फेसन ब्रान्डबाट खरिद गर्दा उपभोक्ताले पहिले नै दिगोपनलाई प्राथमिकताका साथ हेर्ने गरेका छन् ।’ यस्तै, अर्को ब्रान्ड लोनहुडले प्रत्येक व्यक्तिको लागि छुट्टै कपडाको डिजाइन गरेर आफ्नो नाम कमाउँदै आएको छ ।

व्यक्तिले आफ्नो दराजबाट कपडाका झिक्ने र अर्को कम्पनीको कपडा साट्ने हो भने धेरै समस्या हुने विश्वास गरिएको छ । यति भन्दा भन्दै पनि धेरैले कसैले वर्षमा दुई पटकमात्र प्रयोग गरेको ज्याकेट खरिद गर्ने इच्छा राख्दैनन् । त्यसैले पनि कपडाको फोहोरको डंगुर दिनहुँ बढ्दै गएको छ ।

‘हामीले सामना गरिरहेको समस्या समाधान गर्न लोनहुड सुरु गर्यौं र यो समस्या हामीलाई जस्तै अरू मानिसलाई पनि थाहा थियो। हामी थप दिगोरुपमा संचालन गर्न र फेसन उद्योग सुधार गर्न मद्दत गर्न चाहन्छौँ, लुसी, लोनहुडका संस्थापकले भने।

सेकेन्ड–ह्यान्ड (पुनः प्रयोग गर्ने) कपडाले पनि विश्वव्यापी बढिरहेको फोहोर संकट समाधान गर्न मद्दत गरिरहेको छ, र सबैभन्दा उत्साहजनक समाचार यो हो कि हालका वर्षमा यो द्रुत रूपमा बढेको छ ।

(स्टार्टअप र एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ८ : ५४ बजे

डढेलोमा परी घाइते भएकी एक महिलाको मृत्यु

डोटी– वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु

दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम