युक्रेनको रणनीति : वार्ता र प्रतिकार सँगसँगै गर्ने « Khabarhub

युक्रेनको रणनीति : वार्ता र प्रतिकार सँगसँगै गर्ने


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – रुसी आक्रमणको विरुद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रुससँग छलफल गर्दै अगाडि बढ्ने बाटो खोज्न थालेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो ।

बेलारुसँगको सीमामा रहेको चेर्नोवाइल क्षेत्रमा रुससँग वार्ता गर्न युक्रेन तयार भएको छ । युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की र बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्कोबीचको वार्तापछि किभ मस्कोसँग वार्ता गर्न तयार भएको हो ।

यसअघि किभले बेलारुससँग वार्ता गर्न अस्वीकार गरेको थियो । रुसले युक्रेनमा हमला गर्नुअघि रुसी सेना त्यहाँ तैनाथ थिए । त्यसअघि रुस र बेलारुसबीच बृहत सैनिक अभ्यास भएको थियो ।

रुसको फौजले गति गुमाएको र युक्रेनी सेनाको सशक्त प्रतिरोधपछि उसलाई रसद र आपूर्तिमा समस्या भइरहेको छ ह्वाइट हाउसले दावी गरेको छ । रूसी सेनाले हवाई सर्वोच्चता कायम गर्न बिफल भएको पनि अमेरिकी अधिकारीले दाबी गरेका छन्।

युक्रेनले आफ्नो देशको पूर्वमा रहेको दोस्रो सहर खार्किभबाट रुसी सेनालाई धपाएको दाबी गरेको छ । आफ्नो सुरक्षा क्षेत्रमा प्रवेश गरेका रुसी बख्तरबंद सवारीसाधनहरूलाई आउन नदिएको युक्रेनको भनाई छ ।

देशले राजधानी किभ वरपरको रेखामा पकड कायमै राखेको तर शहरमा घुसपैठ गर्ने रूसी ‘तोडफोड समूह’सँग लडिरहेको युक्रेनको भनाई छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ९ : १६ बजे

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र