यस्तो छ नेपालमा पूर्ण प्रतिबन्धित क्रिप्टोकरेन्सीको नालीबेली | Khabarhub Khabarhub

यस्तो छ नेपालमा पूर्ण प्रतिबन्धित क्रिप्टोकरेन्सीको नालीबेली


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपालमा भर्चुअल मुद्रा वा क्रिप्टोकरेन्सीको कारोबार पूर्ण प्रतिबन्धित छ। यो अबैध कारोबारलाई निरुत्साहित गर्न आम नागरिकलाई सचेत गराउनेदेखि प्रहरीले पक्राउ गर्ने श्रृङ्खला पनि बढाएको छ ।

नेपालमा क्रिप्टोकरेन्सीलाई वैधानिकता दिने हो भने यसले नेपालमा आर्थिक तरलता ल्याउने, डलरको सञ्चिती घटाउने, रेमिट्यान्स खस्कने, नेपालको पुँजी पलायन हुने आम नागरिकले र समग्रमा राष्ट्रिय अर्थतन्त्रमै संकट ल्याउने तर्क छ।

इन्टरेटमा उपलब्ध तथ्यांकमा हेर्दा नेपाललगायत विश्वका नौ वटा देशले क्रिप्टोकरेन्सीको कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको देखिन्छ। ५६ देशले क्रिप्टोकरेन्सीको कारोबारलाई कानुनी मान्यता दिएको देखिन्छ। कतिपय देशले त बिटक्वाइनलाई मुद्राकै स्तरमा कानुनी मान्यता दिएको पनि देखिन्छ। प्रतिबन्धका बीच पनि नेपालमा क्रिप्टोकरेन्सीतर्फ लगानीे बढ्दै जाँदा नेपालको वित्तीय प्रणालीलाई कमजोर पार्ने विज्ञको तर्क छ।

के हो क्रिप्टोकरेन्सी?

क्रिप्टोकरेन्सी अनलाइन प्रणालीमार्फत् भुक्तानी नहुने र बैंकिङ प्रणालीजस्तो नियन्त्रण नहुने मुद्रा हो। सामान्य अर्थमा यसको अस्तित्व अनलाइनमा सीमित रहन्छ, तर बजारबाट वस्तु किन्न वा सेवाका लागि भने यसको प्रयोग गर्न सकिन्छ । यस भर्चुअल मुद्राको नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन।

क्रिप्टोग्राफीद्वारा संसार भरका कम्प्युटरमा राखिएको डिजिटल रेकर्डका आधारमा सञ्चालन हुन्छ। हाल क्रिप्टोकरेन्सीको बिटक्वाइन, इथेरेम, टिथर, एक्सआरपी, लगायतका सैयौँ ’क्रिप्टोकरेन्सी’ प्रचलनमा छन् । आजको दिनमा १ बिटक्वाइनको मूल्य ४२ हजार १८५ अमेरिकी डलर रहेको छ ।

क्रिप्टोकरेन्सीको विकास कसरी भयो ?

सन् २००८ को वित्तीय संकटमा मानिसहरु विभिन्न कारण बैंक र सरकारमाथि निराश थिए। व्यक्तिहरूले आफ्नो वित्तीय सम्पत्ति (नगद)को सुरक्षाको लागि बैंक, वा सरकारमा भरोसा गर्न छाडे। यही क्रममा सतोशी नाकामोटो नाम गरेको व्यक्तिले बिटक्वाइनको वित्तीय अवधारणा एक लेखमार्फत् प्रकाशन गरे ।

यो अवधारणामा मानिसले कम्पनी, बैंक, वा सरकाको शुल्क र नियन्त्रणमा भरोसा नगरी आफ्नो पैसा आफैं नियन्त्रण गर्ने तरिका उल्लेख गरिएको थियो । त्यसलाई नै बिट क्वाइन भनेर व्याख्या गरिएको थियो । यही परीपेक्षमा क्रिप्टोकरेन्सीको विकास भएको थियो । अहिले इन्टरनेटमा १० हजार बढी क्रिप्टोकरेन्सी छन् । सट्क माकेर्ट जस्तै क्रिप्टो एक्सचेन्जेसमा क्रिप्टोकरेन्सीको दिनहुँ करौडौंको किनबेच हुन्छ । आजभोलि विनिमयको क्षेत्रमा मानिसले क्रिप्टोकरेन्सी सबैभन्दा सहज माध्यमको रुपमा लिन थालेका छन् ।

कसरी हुन्छ क्रिप्टोकरेन्सीको लेनदेन ?

क्रिप्टोकरेन्सीमा बैंकिङ कारोबारको आवश्यकता हुँदैन । यसको लेनदेन प्रक्रिया ‘पियर टु पियर’ नेटवर्कमा आधारित छ । क्रिप्टोकरेन्सीका हरेक कुरा यसको नेटवर्कमा भएका हरेक व्यक्तिको नियन्त्रणमा हुन्छ । बिना कुनै विनिमय दर, ब्याज दर लगायत अन्य कुनै कारोबार शुल्क तिरेर अन्तर्राष्ट्रिय कारोबार पनि केही समयभित्र नै हुन्छ । सबै क्रिप्टोकरेन्सी “ब्लकचेन” भनिने प्रविधिमा आधारित हुन्छन् ।

अर्थात् ’क्रिप्टोकरेन्सी’मा भएको ट्रान्जेक्सन ब्लक–ब्लकमा हुने गर्छ । यसका लागि केवल इन्टरनेट कनेक्सनको आवश्यकता पर्छ र यसको मूल्य विश्वभर एक समान हुन्छ । डिजिटल मुद्रा भएकाले यसको फ्रड केस निकै कम पनि हुन्छ ।

विश्लेषक अनुसार विश्वव्यापी क्रिप्टोकरेन्सी बजार सन् २०३० सम्म तीन गुणा बढी हुनेछ । लगभग ५ बिलियन अमेरिकी डलर हुनसक्छ । त्यसैले वित्तीय संस्थादेखि दैनिक लगानीकर्तासम्म, आजकल धेरै भन्दा धेरै मानिस क्रिप्टोकरन्सीमा रुचि राखेका छन् ।

क्रिप्टोकरेन्सीको लोकप्रियता बढ्दै गएसँगै बिटकोइन प्रयोग गर्न बोझिलो, ढिलो र महंगो हुन थाल्यो । यस्तै  क्रिप्टोकरेन्सी प्रयोग गरेर अधिकांश लेनदेन प्रमाणित गर्न लगभग १० मिनेट लाग्न थाल्यो । बिटकोइनको अस्थिर मूल्यले यसलाई विनिमयको अव्यवहारिक माध्यम पनि बनाएको छ। परम्परागत वित्तीय प्रणालीमा पनि यसले चिन्ता थपेको छ ।

संसारभर क्रिप्टोकरेन्सीको प्रचलन र भाउ बढ्दै गएका कारण मानिसले सुन या भौतिक मुद्रा बेचेर पनि यसमा लगानी गर्ने चलन बढेको छ। वित्तीय प्रणालीले क्रिप्टोकरेन्सीमा राखिने पैसा जोखिमपूर्ण लगानी मान्दछ । प्रत्येक हप्तामा क्रिप्टोकरेन्सीको बजार मूल्य तलमाथि भइरहन्छ। क्रिप्टोकरेन्सीको एक्सचेञ्ज ह्याक हुनसक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन ।

नेपाल राष्ट्र  बैंकका अनुसार क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको सूचना आएको भन्दै माइनिङ नगर्न नगराउन आग्रह गरेको हो। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ठले भने यस्ता गतिविधिले आम मानिसको बचतदेखि लगानी प्रभावित हुने र विदेशबाट आइरहेको रेमिट्यान्समा समेत भोलि नभित्रिने सम्भावना देखिएपछि नागरिकलाई सचेत गरेको बताएको  छ ।

उनले नेटवर्किङ व्यवसाय विस्तार भए पनि सर्वसाधरण बचत भने डुबी रहेको बताए । क्रिप्टोकरेन्सीमा आम सर्वसाधारणले भने गुमाउने र केही मानिसले भने कमाउने जोखिम पनि देखियो । त्यो अवस्थालाई ध्यानमा राखेर राष्ट्र बैंकंले जोखिम नहोस् भन्ने चाहनाले प्रतिबन्ध लगाइको बताए ।

प्रहरी प्रवक्ता विष्णु कुमार केसीले भने राज्य अनुसन्धान विभाग र राष्ट्र  बैंकको तथ्याङ्कमा क्रिप्टोकरेन्सी कारोबार बढी रहेको देखिन्छ । क्रिप्टोकरेन्सी कारोबार गरे राष्ट्र बैकंको ऐनमार्फत मुद्दा चलाइने र विभिन्न डिजिटल नेटवर्किङमार्फत यो अपराध गरेमा विदेशी विनिमय ऐन अनुसार कानुन दिइने व्यवस्था गरेको बताए । इन्स्टाग्राम लगायतका सोसल नेटवर्किङमार्फत क्रिप्टोकरेन्सी कारोबार गरेमा ३ वर्षसम्मको जेल कैद र १० लाखसम्म जरिवाना हुनेछ ।

अर्थविद् चन्द्रमणि अधिकारीले भने हाल क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाउनु भएको बताए । यस विषयमा धेरैलाई ज्ञान नभएको र धेरै पैसा कमाउने प्रलोभनमा परेर डुब्न सक्ने उनको भनाइ छ । अहिले प्रतिबन्धित भए पनि भोलिका दिनमा यसलाई व्यवस्थापन गर्नु पर्नेमा उनले जोड दिएका छन् । ‘सधै यसलाई नियन्त्रण गर्नु राम्रो हुँदैन ।  राम्रो अध्ययन गरेर, कानुन बनाएर, मान्छेलाई यसको फाइदा र बेफाइदाको ज्ञान दिएर अगाडि बढ्नुपर्छ’, उनले भने ।

यो विषयमा विश्लेषक अरुणकुमार सुवेदीले भने लिगल टेन्डर गर्न नदिए पनि माइनिङ गर्न दिनुपर्छ भनेर बताएको छ। नेपालका कयौँ नागरिकले क्रिप्टोमा पहिले नै लगानी गरेको बताए । यसको चाँडै अन्तरिम नीति बनाएर नियमन कार्यलाई वैधता दिनुपर्ने तर्क राखेका छन् ।

यसको सकारात्मक पाटोको अध्ययन र यसको नाममा भइरहेको ठगी रोक्न र यसलाई नियमन गर्न कानुनी आधार बनाउनु पर्ने उनले बताए ।

-विभिन्न एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ११ : ०० बजे

अर्थोपेडिक अस्पताल जोरपाटी : ३४ बिरामीको घुँडाको शल्यक्रिया

काठमाडौं – नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको

बीआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बेल्ट एण्ड रोड (बीआरआई)मा

चिलिमेका तीन जलविद्युत आयोजना तयार, थपियो १६८ मेगावाट बिजुली

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल

एजेन्सी – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

काठमाडौं – चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चार महिनामा