भक्तपुर जिल्ला समन्वय समितिको चालू आवको अर्धवार्षिक समीक्षा सम्पन्न « Khabarhub

भक्तपुर जिल्ला समन्वय समितिको चालू आवको अर्धवार्षिक समीक्षा सम्पन्न


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- जिल्ला समन्वय समिति भक्तपुरको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न आज भएको छ । सङ्घीय, प्रदेश सरकारका कार्यालय तथा स्थानीय तहको आव २०७८/०७९ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रममा जिल्लाका चार नगरपालिका र सङ्घीय तथा प्रदेशलगायतका १८ कार्यालयले चालू आवका छ महिनामा भएको प्रगतिकाबारेमा प्रस्तुति गरेका थिए ।

कार्यक्रममा जिसस भक्तपुरका प्रमुख नवराज गेलालले नगरपालिकादेखि कार्यालयसमेतले आफ्नो प्रस्तुतीकरण गर्ने तर छलफलमा नबसी जाने गर्नु गलत भएको बताए । समीक्षामा नगरपालिकाको समस्या, चुनौती, पुँजीगत खर्चको प्रगति कस्तो छ, केही नदेखिएन भन्दै पालिकाले ऐन, नियम नबनाउने तर कार्यविधि धेरै बनाएर पालिका चलाउने गरेको पाइएकाले यो गलत भएको जिसस प्रमुुख गेलालले बताए ।

कार्यक्रममा जिससकोतर्फबाट जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले प्रगति विवरण प्रस्तुत गरेका  थियो भने सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा उपप्रमुख जुना बस्नेतको सहभागितामा प्रशासकीय प्रमुख राजेन्द्रप्रसाद कँडेलले अर्धवार्षिक प्रगति पेस गरेका थिए ।

त्यस्तै चाँगुनारायण नगरपालिकाको तर्फबाट प्रशासकीय प्रमुख हरिप्रसाद चापागाँई, सूचना अधिकृत सिद्धान्त न्यौपाने, मध्यपुरथिमि नगरपालिकाबाट प्रमुख इञ्जिनीयर सत्यनारायण शाह र भक्तपुर नगरपालिकाबाट प्रशासकीय प्रमुखले आफ्ना नगरपालिकाको छ महिनाको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

अधिकांश नगरपालिकाले विगत छ महिनामा पुँजीगततर्फ २६ प्रतिशतसम्म र चालूतर्फ ४० प्रतिशतसम्म मात्रै प्रगति भएको विवरण पेश गरेका थिए । चुनाव नजिकिँदै गइरहेको अवस्थामा चालू आवको बाँकी समयमा प्रगतिलाई बढाउन चुनौती रहेको कार्यक्रममा बताइएको थियो । कार्यक्रममा समीक्षा प्रस्तुत गर्न तय भए पनि ५० प्रतिशत कार्यालयले उपस्थिति नै जनाएनन्।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ३ : ३५ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको