लोकतन्त्र र संविधान खतरा पर्ने भएपछि एमसीसी पारित गरियो– प्रचण्ड « Khabarhub

लोकतन्त्र र संविधान खतरा पर्ने भएपछि एमसीसी पारित गरियो– प्रचण्ड


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) लोकतन्त्र र संविधान नै खतरामा पर्ने अवस्था आएपछि आफूले एमसीसी पारित गर्न सहमति गरेको बताएका छन्।

आफ्नै निवास खुमलटारमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रचण्डले एमसीसीले शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र नै खतरा पर्ने देखेकाले पारित गर्ने निर्णयमा पुगेको बताए। उनले एमसीसी पारित गरी देश दुर्घटनाबाट बचेकोमा आफु खुसी भएको समेत बताए।

प्रचण्डले एमसीसीमा निकास दिएपछि अब मुलुक निर्वाचनको प्रक्रिया अघि बढ्ने, सरकार र गठबन्धन पनि कायम रहने दाबी गरे। उनको पत्रकार सम्मेलनको मन्तव्य तलको भिडियोमा हेर्नुहोस्–

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ४ : ३६ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी