एमसीसीको व्याख्यात्मक घोषणामा नेपाल र अमेरिकाको समान बुझाइ : कांग्रेस « Khabarhub

एमसीसीको व्याख्यात्मक घोषणामा नेपाल र अमेरिकाको समान बुझाइ : कांग्रेस


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीको व्याख्यात्मक घोषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा रहेको दाबी गरेका छन् ।

सोमबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले एमसीसीको विषयमा नेपाल र अमेरिकाको बुझाइ समान रहेको दाबी गरेका हुन् ।

एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै उनले एमसीसीमाथि नियोजित रूपमा भ्रम फैलाइए पनि अब त्यो आशंका दूर भएको पनि बताए ।

‘एमसीसीबारे नियोजित ढंगले भ्रम छरिएको छ । एमसीसी कुनै देशविरुद्ध प्रयोग हुँदैन,’ महतले भने, ‘केही नेताहरूले दोहोरो चरित्र देखाएका छन् । यो विशुद्ध आर्थिक सहायता हो । यति ठूलो आर्थिक सहायता अहिलेसम्म नेपालले पाएको थिएन । जुन भ्रम थियो त्यो अब दूर भएको छ । अब यसलाई नेपालको आर्थिक विकासमा लगाउनुपर्छ ।’

उनले एमसीसी सैन्य परियोजना भएको भन्दै गरिएको भ्रम सरासर झुटो भएको पनि बताए । संसद्ले एमसीसीलाई अपनत्व गरेको भन्दै त्यसलाई अब सदुपयोग गर्नेतिर लाग्ने उनले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ४ : ५९ बजे

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन