एमसीसीको विरोध र व्यवस्था परिवर्तनका लागि आन्दोलन हुने « Khabarhub

एमसीसीको विरोध र व्यवस्था परिवर्तनका लागि आन्दोलन हुने


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि नेपाली नामक अभियानले एमसीसी अनुमोदनको विरोध र देशको शासन व्यवस्था परिवर्तनका लागि आन्दोलन गर्ने घोषणा गरेको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अभियानले मुलुकको शासन व्यवस्था परिवर्तनका लागि मंगलबार काठमाडौँको गौशला बत्तिसपुतलीमा एमसीसी खारेज र व्यवस्था परिवर्तनका लागि आन्दोलन गर्ने जनाएको हो ।

अभियानले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर जारी रहने चेतावनी दिएको छ ।

आन्दोलन देशको हितका लागि हुने भन्दै सम्पूर्ण देशभक्त, राष्ट्रवादीलाई उपस्थित हुन आग्रह गरिएको छ ।

कार्यक्रममा अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जनताले विश्वास गरेर मत दिएकाहरूबाट नै आज देशले धोका पाएको टिप्पणी गरे ।

भण्डारीले संविधानअनुसार संसदमा उपस्थित बहुमतबाट एमसीसी पारित हुनुपर्नेमा सभामुखले कति पक्षमा र कति विपक्षमा छन् भनेर प्रष्ट पार्न नसकेको भन्दै अनुमोदन भएको एमसीसीको कुनै वैधानिकता नहुने पनि बताए ।

एमसीसी अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणा वा टिप्पणीको पनि कुनै अन्तर्राष्ट्रिय कानुनमा अर्थ नहुने डा.भण्डारीले दाबी गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ५ : १६ बजे

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक