नेपाल–भारतबीच मल आपूर्तिसम्बन्धी समझदारी– यस वर्ष १ लाख ५० हजार टन मल ल्याइने « Khabarhub

नेपाल–भारतबीच मल आपूर्तिसम्बन्धी समझदारी– यस वर्ष १ लाख ५० हजार टन मल ल्याइने


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलखादको आपूर्तिका लागि नेपाल र भारतबीच सम्झदारी भएको छ ।

जीटुजी व्यवस्थामार्फत् युरिया र डीएपी मलको दीर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा सोमबार भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर एवं समझदारीपत्रको आदानप्रदान भएको हो ।

नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र भारतका रसायन एवम् मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समारोहमा सचिव राजेशकुमार चतुर्वेदीले भारत र नेपालबीचको निकट एवं बहुपक्षीय सम्बन्धको चर्चा गरे । उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पु¥याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा व्यक्त गरे ।

यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यो सम्झौता ५ वर्षका लागि हुनेछ ।

सम्झौताअनुसार यो आर्थिक वर्ष १ लाख ५० हजार टन मल ल्याइनेछ ।

जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने जनाइएको छ ।

समारोहमा मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरूको पनि सहभागिता थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ६ : १६ बजे

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन