सरकारलाई निर्वाचन आयोगको २४ बुँदे निर्देशन « Khabarhub

सरकारलाई निर्वाचन आयोगको २४ बुँदे निर्देशन


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय निर्वाचनको आवश्यक तयारीका लागि सरकारलाई २४ बुँदे निर्देशन दिएको छ ।

सोमबार आयोगले पत्रकार सम्मेलन गरी चुनावका लागि आवश्यक कर्मचारीको व्यवस्थाका साथै सुरक्षालगायतका २४ बुँदे निर्देशन दिएको जानकारी दिएको हो ।

चैत १५ गतेअघि नै संघ, प्रदेश र स्थानीय तहमा कामका लागि खटिएका कर्मचारीलाई आफू पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यस्तै चैत १५ अगावै कर्मचारीको सरुवा, पदस्थापन भएका कर्मचारीलाई निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काजमा खटाउन वा सरुवा नगर्नसमेत आयोगले सरकारलाई निर्देशन दिएको छ ।

स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृतको सरुवा र पदस्थापन पनि चैत १५ अघि नै गर्न निर्देशन दिएको पौडेलले जानकारी दिए ।

त्यस्तै आयोगले मत्रपत्र छाप्न आवश्यक ७ सय मेट्रिक टन कागज खरिदका लागि सम्झौता गरेकोसमेत प्रवक्ता पौडेलले जानकारी दिए ।

स्थानीय निर्वाचन प्रयोजनका लागि हालसम्म ८० वटा दलले दर्ता गराएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ६ : ४६ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति