राप्रपा नेपालको जिल्ला समितिहरु धमाधम गठन हुँदै « Khabarhub

राप्रपा नेपालको जिल्ला समितिहरु धमाधम गठन हुँदै


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपा नेपालले पार्टीलाई पुनर्जागृत गरेको छोटो समयमै विभिन्न जिल्लामा जिल्ला कार्य समिति गठन हुन थालेको छ । आज उदयपुरमा लल्कु कुमार चौधरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो।

राप्रपा नेपाल समर्थितहरुको भेलाद्वारा गठित सो समितिको उपाध्यक्षमा जगत बहादुर राउत, कोषाध्यक्षमा लिलामाया कार्की तथा सदस्यहरुमा कृष्णगोपाल थापा, खड्ग बहादुर खड्का, लखन चौधरी, गंगादेवी वि.क., गणेश वि.क., मखे दमाईं, रमेश चौधरी, तर बहादुर खत्री, रामु चौधरी, टिका फुयाल, चामु खतिवडा र टिका घले रहनुभएको छ भने वरिष्ठ सल्लाहकारमा नवराज पोखरेल रहेका छन् ।

यस्तै पर्वतमा हेम शर्मा पौडेलको अध्यक्षतामा १७ सदस्सीय जिल्ला कार्य समिति गठन भएको छ । नवगठित समितिको सदस्यहरुमा धरम कुमार गुरुङ, ठाकुर प्रसाद भुषाल, शेर बहादुर क्षेत्री, धन बहादुर अखेली, मनोज कुमार शर्मा, भिम बहादुर गुरुङ, गंगा बहादुर गुरुङ, मन बहादुर पुन, स्वस्तिका पौडेल, सुजिता पौडेल, कुल बहादुर कँडेल, जयलाल सुवेदी, विष्णु शर्मा, चेतनाथ रिजाल, प्रशान्त गुरुङ र चन्द्र बहादुर क्षेत्री छन्।

यसैगरी कपिलवस्तुमा पनि राप्रपा नेपालको जिल्ला कार्य समिति गठन भएको छ । कपिलवस्तुमा रमाकान्त चौधरीको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति गठन भएको छ । बझाङ जिल्लामा राप्रपा नेपालको जिल्ला संयोजकको जिम्मेवारी किशोर कुमार भण्डारीले पाएका छन् ।

विभिन्न जिल्लाबाट जिल्ला कार्य समिति गठनका नामावलीहरु धमाधम प्राप्त भैरहेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : ०० बजे

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१