१ हप्ता लाग्ने गोकुलेश्वर महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा « Khabarhub

१ हप्ता लाग्ने गोकुलेश्वर महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडी र दार्चुला जिल्लाको सिमाना गोकुलेश्वरमा भव्यताका साथ लाग्ने महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

गोकुलेश्वरमा शिवरात्रीको दिनदेखि करिब १ सातासम्म भव्य मेला लाग्ने गर्दछ । मेलाका लागी यहाँ स्थित शिव मन्दिरहरुलाई रंगरोगन गरिएको छ भने, अस्थायी पसलहरु थापिएका छन् ।

यस मेलालाई व्यापारिक दृष्टीकोणले प्रसिद्ध मेलाका रुपमा लिइन्छ । यहाँ घरेलु सामग्रीहरु डोका, सुप्पा, मोट्टा, छाप्रा, गाग्री, ढकेरा, पारा तथा हातले बुनेका सामग्रीहरु पाइन्छन् ।

यसैगरी जेरी मिठाईका परिकार बिक्रि गर्न भारतको मथुराबाट व्यापारी आउने गर्दछन् । विगतमा यस मेलामा नुनदेखि सुन सम्म पाउने मेलाका रुपमा हेरिन्थ्यो ।

गोकुलेश्वर मेलामा करिब १ हप्ता सम्म महिला र पुरुषको डेउडा खेल लाग्ने गर्दछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : ३८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति