एमसीसीविरुद्धको आन्दोलनमा तनाव: सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यु « Khabarhub

एमसीसीविरुद्धको आन्दोलनमा तनाव: सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यु

आज बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु आदेश


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतकाे सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरिएको छ ।

अमेरिकी सहयोग सम्झौता, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा यस्तो आदेश जारी गरेको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।

एमसीसी विरोधी प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले आज बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लाग्ने छ ।

सोमबार बन्दकर्ता र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । भीड नियन्त्रणका लागि प्रहरीले तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ८ : ३१ बजे

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन