नेपाल थाइल्याण्डको क्लब चोनबुरीसँग पराजित « Khabarhub

नेपाल थाइल्याण्डको क्लब चोनबुरीसँग पराजित


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग ३-१ अन्तरले पराजित भएको छ।

आइतबार चोनबुरी स्टेडियममा घरेलु टोलीलाई जिताउन फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक एक गोल गरे। नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए।

थाइल्यान्ड भ्रमणको दोस्रो खेलमा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरले कप्तान किरण कुमार लिम्बू सहित अनुभवी खेलाडीलाई विश्राम दिँदै नयाँलाई मौका दिएका थिए। जारी थाई लिगमा चोनबुरी पाचौं स्थानमा रहेको छ।

खेलको २४औं मिनेटमा फान्थामितले गोल गर्दै चोनबुरीलाई अग्रता दिलाएका थिए।६५ औं मिनेटमा रेनाटोले गोल गर्दै अग्रता २-० को बनाए।

८३ औं मिनेटमा दर्शनले गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याए। खेलको इन्जुरी समयमा नाट्टापोङले गोल गर्दै घरेलु टोलीलाई ३-१ को जित दिलाए।

नेपालले यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपाल २-० ले पराजित भएको थियो।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड पुगेको हो।

एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले कुवेत, इन्डोनेसिया र जोर्डनसँग भिड्नेछ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ५ : ५५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन