नेपाल थाइल्याण्डको क्लब चोनबुरीसँग पराजित « Khabarhub

नेपाल थाइल्याण्डको क्लब चोनबुरीसँग पराजित


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग ३-१ अन्तरले पराजित भएको छ।

आइतबार चोनबुरी स्टेडियममा घरेलु टोलीलाई जिताउन फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक एक गोल गरे। नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए।

थाइल्यान्ड भ्रमणको दोस्रो खेलमा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरले कप्तान किरण कुमार लिम्बू सहित अनुभवी खेलाडीलाई विश्राम दिँदै नयाँलाई मौका दिएका थिए। जारी थाई लिगमा चोनबुरी पाचौं स्थानमा रहेको छ।

खेलको २४औं मिनेटमा फान्थामितले गोल गर्दै चोनबुरीलाई अग्रता दिलाएका थिए।६५ औं मिनेटमा रेनाटोले गोल गर्दै अग्रता २-० को बनाए।

८३ औं मिनेटमा दर्शनले गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याए। खेलको इन्जुरी समयमा नाट्टापोङले गोल गर्दै घरेलु टोलीलाई ३-१ को जित दिलाए।

नेपालले यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपाल २-० ले पराजित भएको थियो।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड पुगेको हो।

एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले कुवेत, इन्डोनेसिया र जोर्डनसँग भिड्नेछ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ५ : ५५ बजे

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५