आफू मातहतका कर्मचारीको सरुवा बदर गर्न गृह-मन्त्रालयको पत्राचार | Khabarhub Khabarhub

आफू मातहतका कर्मचारीको सरुवा बदर गर्न गृह-मन्त्रालयको पत्राचार


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- गृह-मन्त्रालयले आफू अन्तर्गतका निकायबाट अन्य मन्त्रालयमा सरुवा जाने कर्मचारीको सरुवा बदर गर्न पत्राचार गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै गृहले आफू मातहत काम गरिरहेको अवस्थामा समन्वय नगरी अन्यत्र मन्त्रालय वा निकायमा सरुवा भएका कर्मचारीको सरुवा बदर गर्न भनेको हो।

केही कर्मचारीको अन्यत्र मन्त्रालय वा निकायमा सरुवा हुँदा आसन्न स्थानीय तहको निर्वाचन, राष्ट्रिय परिचय–पत्र वितरण, ई–पासपोर्ट लगायतका कामहरु सहजढंगबाट सम्पादन हुन कठिनाई भइरहेको उल्लेख गर्दै गृह–मन्त्रालयले सरुवा बदरको अनुरोध गरेको जनाएको छ।

गृह मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादन हुने कामको प्रकृति र कार्य चाप बढिरहेको सन्दर्भमा कर्मचारीको रिक्तताको कारण सेवा प्रवाहमा कठिनाई सिर्जना भएको जनाउँदै गृह–मन्त्रालयले समन्वय नगरी अन्यत्र मन्त्रालय वा निकायमा आफ्नो कर्मचारीको सरुवा नगर्न गत १० असोज र ५ मंसिरमा पनि पत्र पठाएको थियो।

मन्त्रालयले राजपत्रांकित तृतीय श्रेणी वा सोभन्दा तल्लो पद–श्रेणी (नायव सुव्वा–खरिदार) स्तरका रिक्त पदमा दरबन्दी अनुसारका कर्मचारी खटाएर सहयोग गर्न भनेको छ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : ४१ बजे

केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित

म्याग्दी– रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान

कमलपोखरीस्थित म म पसलमा सिलिण्डर विस्फोट, ११ जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं– काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा

धनगढीको नोभा अस्पतालमा बिरामी कुर्न बसेका युवक मृत फेला 

धनगढी- कैलालीको धनगढीस्थित नोभा अस्पतालको शौचालयमा एक युवक मृत अवस्थामा

मानवसेवा आश्रम भवन निर्माणका लागि श्रीमद्भागवत महायज्ञको आयोजना 

कैलाली– कैलालीको धनगढी स्थित मानवसेवा आश्रमले आफ्नै भवन निर्माण गर्नका

भक्तपुर पुगेर बेलायतका अधिराजकुमारले काठमा बुट्टा खोप्न थालेपछि…

भक्तपुर– भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल