काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, चुनावी तालमेलबारे निर्णय गर्ने « Khabarhub

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, चुनावी तालमेलबारे निर्णय गर्ने


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी स्थानीय चुनावमा सत्तारुढ दलहरूसंग तालमेल गर्ने वा नगर्ने टुंगो लगाउँन काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ।

शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि गठबन्धन गर्ने वा नगर्ने बारे टुंगो लाग्ने छ। कांग्रेस केन्द्रीय सदस्यहरू र प्रदेश सभापतिले स्थानीय अवस्थाबारे ब्रिफिङ गरिरहेका छन्। शुक्रबार २७ केन्द्रीय सदस्य र आइतबार ५४ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए।

आज बाँकी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि कांग्रेसले स्थानीय चुनावका विषयमा निर्णय लिनेछ। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यले सत्तारुढ दलबीच तालमेल गरेर चुनावमा जानुपर्ने धारणा राखेका छन् भने डा. शेखर कोइराला पक्षीय सदस्यहरूले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन्। 

प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसभित्र विवाद नरहेको र स्थानीय वस्तुस्थिति हेरेर सबैको धारणा राखीरहेको बताए। प्रवक्ता महतले सहमतिमै निर्णय हुने बताउँदै तालमेल नै गर्ने भएपनि स्पष्ट मापदण्ड तय गरी कस्तो ठाउँमा तालमेल गर्ने र कस्तोमा नगर्ने भन्नेमा समेत पार्टीले निर्णय लिने उनले बताए। महतले अधिकांश केन्द्रीय सदस्यहरू आवश्यकताको आधारमा सत्तारुढ दलहरूबीच तालमेल गर्ने पक्षमा रहेको दाबी गरे।  बैठकले पार्टीका उम्मेदवारहरूको छनौटका लागि संसदीय बोर्ड गठन गर्ने लगायतका विषयमा पनि निर्णय गर्नेछ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १० : ३७ बजे

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ