२ करोड ६० लाख बस्ने चिनियाँ वित्तीय राजधानी साङ्घाईमा लकडाउन « Khabarhub

२ करोड ६० लाख बस्ने चिनियाँ वित्तीय राजधानी साङ्घाईमा लकडाउन


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शून्य कोभिड नीतिलाई निरन्तरता दिँदै चीनको वित्तीय केन्द्र साङ्घाईमा लकडाउनको घोषणा गरिएको छ । २ करोड ६० लाख जनसङ्ख्याको बसोबास रहेको साङ्घाईमा व्यापक कोरोना परीक्षण गर्न भन्दै लकडाउनको घोषणा गरिएको हो ।

मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएका कारण लकडाउन गरिएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबारमात्रै साङ्घाई शहरमा ३५०० जना कोरोना संक्रमित थपिएका थिए ।

साङ्घाईमा दुई चरणमा लकडाउन लागू गरिने बताइएको छ । पहिलो चरणमा साङ्घाईको पुदोङ वित्तीय जिल्ला र आसपासका क्षेत्रमा सोमबारदेखि शुक्रबारसम्मका लागि लकडाउन घोषणा गरिएको हो ।

समाचार संस्था एपीले जनाएअनुसार दोश्रो चरणमा शुक्रबारदेखि ५ दिन सम्मका लागि हाङ्गपु नदीको पश्चिमी क्षेत्रमा रहेको डाउनटाउन क्षेत्रमा लकडाउन गरिने छ ।

स्थानीय सरकारका अनुसार बासिन्दाहरुलाई घरमै रहन भनिएको छ भने अत्यावश्यक बाहेकका कार्यालय र व्यवसाय बन्द गर्न निर्देशन दिइएको छ । साथै सार्वजनिक यातायात पनि बन्द गरिने जनाइएको छ ।

यसअघिका केही सातामा पनि साङ्घाईको केही क्षेत्रहरुमा लकडाउन गरिएको थियो ।

सोमबार लकडाउन हुने थाहा पाएर स्थानीयहरुले हतारमा घरायशी सामान किनेकाले त्यहाँका किनमेल केन्द्र र पसल रित्तो भएको एपीले जनाएको छ ।

पछिल्लो पटक घोषणा गरिएको लकडाउन चीनले पछिल्ला दुई वर्षमा लागू गरेको सबैभन्दा कठोर रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १२ : ०० बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम