युक्रेन कोरियाली बाटोमा ? रुसले देश विभाजन गर्न खोजेको युक्रेनी आरोप « Khabarhub

युक्रेन कोरियाली बाटोमा ? रुसले देश विभाजन गर्न खोजेको युक्रेनी आरोप


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनलाई विभाजन गरी कोरियाजस्तै बनाउन खोजेको युक्रेनी सैन्य गुप्तचर प्रमुखले बताएका छन् । युक्रेनी सैन्य गुप्तचर निकायका प्रमुख किरिलो बुडानोभलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार राजधानी किभ कब्जा गर्न असफल भएपछि रुस युक्रेनलाई विभाजन गर्ने प्रयासमा लागेको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी र पूर्वी भागलाई बाँकी युक्रेनबाट विभाजित गरी सीमांकनको प्रयास गर्ने उनको भनाइ छ ।

पूरै युक्रेनलाई कब्जामा लिन असफल भएका कारण पुटिनले यस्तो नीति अपनाउने उनले बताए ।

उनका अनुसार रुसले युक्रेनमा यस्तो नीति लिएको खण्डमा रुसद्वारा स्थापित ‘छद्म राज्य’ धेरै लामो समयसम्म टिक्न भने असम्भव हुनेछ । स्थानीय जनताले छापामार युद्ध लडेर यसरी जबरजस्ती गठन गरिएको राज्यको प्रतिरोध गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १ : २२ बजे

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको